+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

यौन दुर्व्यवहारको आरोपमा बालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १४ गते १०:४४

१४ असोज, चितवन । भरतपुर महानगरपालिका-११ को पोखरीचोक बस्ने एक १४ वर्षीय बालकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको छ । उनले सोही स्थानमा बस्ने एक ७ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभु ढकालका अनुसार ‘होम ट्युसन’ (घरमै गएर ट्युसन पढाइदिने) पढाउने क्रममा आफूमाथि यौन दुर्व्यवहार गरिएको बालिकाले बताएकी छिन् । आरोपीका दाजुले ति बालिकालाई ट्युसन पढाउँदै आएका थिए । तर, दाजु नभएकाले भाइ ट्युसन पढाउन गएका थिए । त्यही बेला उनले यौन दुर्व्यवहार गरेको बालिकाको अभिभावकको भनाइ छ ।

बालिकालाई मेडिकल टेस्टको लागि पठाइएको छ । मेडिकल रिपोर्ट आएपछि थप अनुसन्धान गरिने डिएसपी ढकालले जानकारी दिए । आरोपी १८ वर्षभन्दा कम उमेरको भएकाले संरक्षणमा रहनेछन् । तर कारवाही भने कानुनी प्रकृया अनुरुप नै हुने डिएसपी ढकालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?