Comments Add Comment

पीपीएल अक्सनः अनिल र रोहितमाथि लाग्यो साढे २ लाखको बोली

१४ असोज, काठमाडौं । पोखरा प्रिमियर लिग क्रिकेटका लगि खेलाडीको अक्सन भइरहेको छ ।

अक्सनका लागि १७९ खेलाडीले नाम दर्ता गराएका छन्, त्यसबाट आइतबार ६० जना खेलाडीको किनबेच हुनेछ । जारी अक्सनमा यू–१९ का दुई क्रिकेटरमाथि २ लाख ५० हजारको बोली लागेको छ ।

अनिलकुमार साहलाई चितवन राइनोज र रोहितकुमार पौडेललाई पोखरा पल्टनले २ लाख ५० मा किनेको छ । एक भन्दा बढी टिमले अधिकतम मूल्यमा दाबी गरेपछि लक्की ड्र गरिएको थियो ।

पीपीएलका आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले अक्सनमा राष्ट्रिय टिमबाट खेलेका खेलाडीहरुको प्रारम्भीक मूल्य ५० हजार रुपैयाँदेखि अधिकतम २ लाख ५० हजार रुपैयाँ राखेको छ । उमेर समूूहबाट खेलेकालाई ५० हजार देखि १ लाख ५० हजारमा खरिद गर्न सकिनेछ । अनक्याप्डमा खेलाडीको न्यूनतम मूल्य ३० हजारदेखि अधिकतम एक लाख रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment