Comments Add Comment

माछापुच्छ्रे बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई लकर हस्तान्तरण

१४ असोज, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्षनिर्माण गरी एक कार्यक्रमकाबीचआजपशुपति क्षेत्र विकास कोषलाईहस्तान्तरण गरेको छ ।

कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले कार्यक्रमको उद्घाटन गरे । मन्त्री अधिकारीले पशुपति क्षेत्र विकास कोषलाई बैंकले दिएको सहयोगको प्रशंसा गरे ।

बैंकका अध्यक्ष रोशन केसीले बैंकको अठारौं वाषिर्कोत्सवको अवसरमा हिन्दूहरुको महानपूर्ण तीर्थस्थल पशुपतिनाथमा पुण्यको कार्य गर्न पाउादा आफू र सम्पूर्ण माछापुच्छ्रे बैंक परिवार गौरवान्वित भएको बताए ।

बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुहरुको सुविधाको लागि लकर घर निर्माण गरी ५१० थान लकर राखेको हो । उक्त लकर कक्ष सञ्चालनमा आएपश्चात तिर्थालुहरुले लकरमा आˆनो सर-सामानहरु सुरक्षित रुपमा राख्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment