+
+

पुरुषबारे १० रोचक तथ्य, जुन उनीहरुले थाहा पाउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १५ गते १४:५१

पुरुषहरु बाहिरबाट कठोर स्वभावको देखिए पनि उनीहरु भित्रबाट निकै नै कोमल हृदयका हुन्छन् । भन्न त धेरैले सजिलै भनिदिन्छन्, ‘मर्दलाई सानो तिनो कुराले छुँदैन’ तर, के साँच्चै यो कुरा सही हो त ?

पुरुषहरुको जीवनशैली र स्वास्थ्यसँग जोडिएका यस्ता धेरै तथ्यहरु छन् जुन उनीहरु आफैंले पनि जान्दैनन् ।

आज हामी तपाईंलाई पुरुषहरुसँग जोडिएका १० यस्ता तथ्यहरुको बारेमा बताइरहेका छौं जुन थाहा पाएर तपाईं पनि अचम्मित हुनुहुनेछ ।

यी हुन् थाहा पाइराख्नुपर्ने १० रोचक तथ्यहरु

१. पुरुषको औसत आयु महिलाहरुको भन्दा कम हुन्छ । पुरुषको औसत आयु ६४.५२ वर्ष हुन्छ भने महिलाहरुको औसत आयु ६८.७६ वर्ष हुन्छ ।

२. पुरुषको मष्तिस्कको आकार महिलाहरुको भन्दा ठूलो हुन्छ । महिलाहरुको भन्दा पुरुषको मस्तिस्कको आकार १० प्रतिशतले ठूलो हुन्छ तर, यसको प्रयोग पुरुषहरुले कति गर्छन् भन्नेकुरा व्यक्तिपिच्छे फरक फरक हुन सक्छ ।

३. हालसालै गरिएको एक अध्ययन अनुसार कुनै पनि काम गर्नको लागि पुरुषले आफ्नो मष्तिस्कको आधा भाग मात्रै प्रयोग गर्छन् तर, महिलाहरुले भने एकैपटक पुरा मस्तिस्कको प्रयोग गर्छन् । महिलाहरु एकैसाथ कैयौं काम गर्नमा माहिर हुन्छन् ।

४. सामान्य रुपमा पुरुषहरुलाई घरमा बसेर डि्रंक गर्नभन्दा बाहिर कतै घुमफिरको लागि जान मन पर्छ ।

५. पुरुषहरुले आफ्नो कुल उमेरको ६ महिना समय त दारी काट्ने काममा मात्रै बिताउँछन् ।

६. महिलाहरुले पुरुषहरुले भन्दा धेरै बोल्छन् भन्ने कुरा त सबैलाई थाहै होला । एक अध्ययनका अनुसार एक महिलाले दिनभरमा करीब ७ हजार शब्द बोल्छन् भने पुरुषले जम्मा २ हजार शब्दमात्रै बोल्छन् ।

७. परस्त्रीहरुलाई एक टकले हेर्नमा मात्रै एक पुरुषले आफ्नो जीवनको एक वर्ष बर्बाद गरिदिन्छन् ।

८. पुरुषले महिलाहरुले भन्दा धेरै झुटो बोल्छन् । एक महिलाले दिनभरमा औसत ३ झुट बोल्छन् भने एक पुरुषले दिनभरमा औसत ६ झुट बोल्छन् ।

९ ब्रेकअपपछि पुरुष धेरै दिनसम्म डिप्रेसन र तनावमा रहन्छन् तर, महिलाहरु सम्बन्धमा दरार आएपछि छिटै त्यसलाई बिर्सेर अगाडि बढ्छन् ।

१०. धेरैजसो पुरुषहरु चिकित्सककोमा चेकअप गर्न जानबाट डराउँछन किनभने चिकित्सककोमा जानाले उनीहरुलाई ठूलो रोग लाग्छ कि भन्ने चिन्ता हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?