+
+
Shares

सरकार अर्मुत नारामा सीमित भयोः नारायणकाजी

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १५ गते १९:२४

१५ असोज, काठमाडौं । सत्तारुढ नेकपाका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार काममा भन्दा अर्मुत नारामा सिमिति भएको टिप्पणी गरेका छन् ।

सोमबार राजधानी आयोजित कार्यक्रममा नेता श्रेष्ठले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका हुन् । दुई तिहाईको सरकारलाई असफल हुने छुट नभएको भन्दै उनले अब काम गरेर देखाउनु पर्ने बताए ।

उनले पार्टीभित्र भ्रष्टाचार विरोधी सांस्कृतिक रुपान्तरणको आन्दोलन अनिवार्य भइसकेको बताए । श्रेष्ठले भने, ‘मेरो गिरोह वा गुट वा मलाई आर्थिक सहयोग गर्ने भ्रष्टाचारी वाहेक अरु सबैलाई म सफाय गर्दिन्छु भनेर भ्रष्टाचार विरोधी आन्दोलन हुँदैन । यसरी कम्युनिस्ट आन्दोलन चल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?