Comments Add Comment

आठौं राष्ट्रिय खेलकूद मंसिरमा नहुने

काठमाडौं । आगामी मङ्सिरमा हुने तय भएको आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठक आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले नुवाकोटको ककनीमा जारी छ ।

आगामी मङ्सिर २१ देखि २९ सम्म मध्यपश्चिममा गर्ने तय भएको आठौँ राष्ट्रिय खेलकूदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण नसकिएका कारण खेल सार्नुपरेको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिए ।

बोर्ड बैठकले आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति तय गर्नुका साथै संशोधनको प्रक्रियामा रहेको राष्ट्रिय खेलकूद विकास ऐन २०४८ बारे छलफल हुनेछ ।

परिषद्का अध्यक्ष तथा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको उपस्थितिमा बोर्ड बैठक ककनीस्थित स्काउट हलमा जारी रहेको राखेप स्रोतले जनाएको छ । बैठक मङ्गलबारसम्म चल्नेछ ।

बैठक स्रोतका अनुसार आठौँ राष्ट्रिय खेलकूदको मिति करीब दुई महिना पर सार्ने विषयमा छलफल केन्द्रित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment