+
+

पूर्वआईजीपी खरेलको आत्मकथा आगामी शनिबार सार्वजनिक हुने

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १६ गते १४:१२

१६ असोज, काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलको आत्मकथा आगामी शनिबार सार्वजनिक हुँदैछ । आफ्नो जीवन भोगाइ र प्रहरी महानिरीक्षकका रुपमा काम गर्दाको अनुभव उनले पुस्तकमा समेटेका छन् । आफ्नो भोगाइको परिधिभित्रको इतिहास हराउन नपाओस् भनेर आत्मकथा लेखेको उनले बताएका छन् ।

‘आफूलाई नायकका रूपमा स्थापित गर्ने उद्देश्यले मैले आत्मकथा लेखेको होइन,’ खरेलले भनेका छन्, ‘मेरो उद्देश्य जीवनको आरोह–अवरोहमा भोगाइका परिधिभित्रको इतिहास हराउन नपाओस्, अपव्याख्या हुन नपाओस् र आमनागरिकको सुसूचित हुन पाउने अधिकारमा खिया लाग्न नपाओस् भन्ने मात्र हो ।’

प्रहरी सेवाको आफ्नो कार्यकालका महत्वपूर्ण घटना, त्यस बेलाका पात्र, प्रवृत्ति, प्रशासनिक कायदा र मर्यादा, संस्थागत अन्तरसम्बन्धका साथै भिन्न भिन्न संस्थाको व्यवहार र आचरणको आलेख सुरक्षित रहोस् भनेर आत्मकथा लेखेको खरेलको भनाइ छ ।

उनको पुस्तक पब्लिकेसन्स नेपालयले बारमा ल्याउन लागेको हो । खरेलको आत्मकथाले पञ्चायतदेखि प्रजातन्त्र पुनर्स्थापनापछिका केही महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटनाक्रमलाई नजिकबाट नियाल्न सहयोग पुग्ने पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?