Comments Add Comment

कर वृद्धिको विरोधमा नगरपालिका कार्यालयमा तालाबन्दी

१६ असोज, महोत्तरी । कर वृद्धिको विरोध गर्दै महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा स्थानीय वासिन्दाले तालाबन्दी गरेका छन् ।

नगरपालिकाले यस आर्थिक बर्षको बजेटमा कर वृद्धि गरेको, वजेट पारदर्शर्ी नगरेको भन्दै मंगलबार विहान स्थानीयले कार्यालयको मूलगेटमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दीपछि कार्यालयको कामकाज प्रभावित बनेको छ । नगरपालिकाले वजेट सार्वजानिक गरिएको दिनदेखि नै आफूहरु विरोधको कार्यक्रम गर्दासमेत नगरप्रमुखले वार्ता वा छलफल गर्नका लागि तयार नभएपछि तालाबन्दी गरेको स्थानीय दरेश यादवले जानकारी दिए ।

यसभन्दा अगाडि कार्यालयमा ज्ञापनपत्र बुझाउनेदेखि विरोध प्रदर्शनका अनेकौं कार्यक्रम गर्दासमेत आफूहरुको माग सम्बोधन गर्न नगरपालिका तयार नभएपछि बाध्य भएर तालाबन्दी गरेको यादवले बताए ।

औरही नगरपालिकाका नगरप्रमुख सुनील यादवले भने आफूले बोलाएको बैठकमा आन्दोलनकारीहरु नआएकाले वार्ता हुन नसकेको बताए ।

यसभन्दा अगाडि विभिन्न चरणको आन्दोलनको कार्यक्रम गर्दै आएको औरहीका स्थानीयले आइतबार नगरपालिकाको मूलगेटमा धर्ना दिएका थिए भने सोमबार बर्दिवास जलेश्वर सडकखण्ड अवरुद्ध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment