१६ असोज, काठमाडौं । सेयर बजारमा मंगलबार सामान्य वृद्धि देखिएको छ । मंगलबारको कारोबारमा नेप्से परिसूचक २ दशमलव ६९ अंकले बढेर १ हजार २ सय ४१ दशमलव ३६ मा पुगेको छ ।
यसअघि सोमबार नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ । परिसूचक सामान्य अंकले बढे पनि मंगलबार कारोबार रकममा भने गिरावट आएको छ ।
दिनभरमा १ सय ७१ कम्पनीको १५ लाख ९३ हजार ७ सय कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार ४५ करोड ५९ लाख ९५ हजार १ सय १४ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलबार कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक अग्रस्थानमा देखिएको छ । ग्लोबल आइएमईको ३ करोड ६५ लाख १३ हजार १५६ रुपैयाँको सेयर किनबेच भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4