+

पूर्वकप्तान अनिल भन्छन्- नेपालले ताजिकिस्तानलाई हराउन सक्छ

२०७५ असोज  १६ गते १७:२३ २०७५ असोज १६ गते १७:२३
पूर्वकप्तान अनिल भन्छन्- नेपालले ताजिकिस्तानलाई हराउन सक्छ

१६ असोज, काठमाडौं । बंगबन्धु गोल्डकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले ताजिकिस्तानलाई पराजित गर्न सक्ने पूर्वकप्तान अनिल गुरुङले बताएका छन् ।

नेपालले आफ्नो पहिलो खेलमा केही बेरपछि ताजिकिस्तानसँग बंगलादेशको शिलहेट जिल्ला रंगशालामा प्रतिस्पर्धा गर्दैछ ।

आफ्नो पहिलो खेलमा नै विजयी सुरुवात गर्दै नेपाल अघिल्लो चरणमा पुग्ने लक्ष्यमा रहेको छ । तर ताजिकिस्तान नेपालभन्दा निकै बलियो टिम हो ।

खेलअघि अनलाइनखबरसँग कुरा गर्दै पूर्वकप्तान अनिलले पछिल्लो समयमा नेपाली फुटबल टिम निकै बलियो भएको बताउँदै ताजिकिस्तानसँगको खेलमा नेपालले सकारात्मक नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

‘साफ च्याम्पियनसिपमा नेपालले राम्रो खेल्दा खेल्दै पनि हार्नु पुगेको थियो’ उनले भने, ‘त्यसलाई सुधार गर्दै यो पटक जित्ने मौका छ । हामी भन्दा ताजिकिस्तान बलियो टिम हो । तर हामी पनि कमजोर छैनौं ।’

नेपाल र ताजिकिस्तानबीच पछिल्लो पटक एसियन कप छनोटमा भेट भएको थियो । पहिलो लेगमा ३-० गोलले पराजित भएको नेपाल दोस्रो लेगमा २-१ ले पराजित भएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय