+
+
Shares

स्रोत नखुल्ने नेताहरुको सम्पत्ति राष्ट्रियकरण गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १६ गते २०:१०

१६ असोज, बुटवल । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले स्रोत नखुलेको जोसुकैको सम्पत्ति राष्टियकरण गर्न सरकारसंग माग गरेको छ ।

अभियानले नेता, कर्मचारी, न्यायाधीश, वकिल, प्रशासक सबैको स्रोत नखुलेको सम्पुर्ण सम्पत्ति राष्ट्रियकरण गर्न दबाब दिन मेची महाकाली अभियान शुरु गरेको छ । अभियान मंगलबार नवलपरासी हुंदै बुटवल आइपुगेको छ ।

अभियानले मिलनचोक सडकमै पत्रकार सम्मेलन गरी जीवनमा कुनै रोजगारी र व्यवसाय नगरेका नेताहरुले भ्रष्टाचारबाटै सम्पत्ति आर्जन गरेको आरोप लगाउंदै छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्टियकरण गर्न सरकारलाई एक महिनाको अल्टिमेटम दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अभियानका संयोजक स्वागत नेपालले प्रश्न गरे जीवनभर कुनै पेशा,व्यवसाय,रोजगार नगर्ने नेताहरुसंग सरकारमा गएपछि एकाएक कसरी लाखौं करोडौंको सम्पत्ति हुन्छ ?

भ्रष्टाचारको जड र स्रोत नै राजनीतिक दलका नेताहरु भएको आरोप लगाउँदै अधिवक्ता समेत रहेका संयोजक नेपालले आफूहरुले दिएको एक महिनाको समयसीमाभित्र स्रोत नखुलेको सम्पत्ति राष्टियकरण नगरिए अभियानले त्यस्ता सम्पत्ति कब्जा गर्ने चेतावनी दिए ।

भ्रष्टाचार गरेर कालो धन कमाएका नेताहरुको सम्पत्तिबारे आफूहरुसंग विवरण रहेको उनले दावी गरे । स्रोत नखुलेको सम्पत्ति राष्टियकरण गर्ने हो भने नेपालको १० वर्षको वजेट बराबरको रकम राज्यलाई प्राप्त हुने अभियानको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?