Comments Add Comment

च्याम्पियन्स लिगमा सिटीद्वारा होफेनहाइम पराजित

१७ असोज, काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

इंग्लिस क्लब सिटीले समूह चरणको आफ्नो दोस्रो खेलमा मंगलबार राति जर्मन क्लब होफेनहाइमलाई २–१ गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा सर्जियो अग्युरो र डेभिड सिल्भाले गोल गरे । होफेनहाइमका इशक बेल्फोदिलले गोल गरेपनि सिटीलाई रोक्न सकेनन् ।

घरेलु टोलीले होफेनहाइमले खेलको पहिलो मिनेटमै गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । होफेनहाइमका लागि बेल्फोदिलले गोल गरेका थिए । खेलको आठौं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा पुर्‍याएका थिए ।

पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए । तर दोस्रो हाफमा सिटीले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो । खेलको ७८ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २–१ गोलको अग्रता दिलाएका थिए ।

सिटी पहिलो खेलमा लियोनसँग २–१ गोलले पराजित भएको थियो ।

यसै समूहको अर्को खेलमा लियोनले शख्तर डोनेस्कटसँग २–२ गोलको बराबरी खेलेको छ ।

समूह एफ मा लियोन २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा छ । त्यस्तै, सिटीले २ खेलबाट ३ अंक जोड्दै दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment