+
+
Shares

नागढुंगा प्रहरी प्रभागको इञ्चार्जबाहेक सबै कर्मचारी फेरिए

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १७ गते १९:०९

१७ असोज, काठमाडौं । कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका ९ जना प्रहरी अधिकारी एकैदिन घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेपछि रन्थनिएको काठमाडौं प्रहरीले मातहतको कार्यालयहरुमा शुद्धिकरण अभियान थालेको छ ।

अभियानको सुरुवात् स्वरुप बुधबार महानगरीय प्रहरी प्रभाग, नागढुंगाको इञ्चार्जबाहेक सम्पूर्ण प्रहरी युनिट नै परिवर्तन गरेको छ ।

एकैठाउँमा लामो समयदेखि बसिरहेका प्रहरी अधिकारीबाट गलत काम हुने गरेको आशंकामा प्रहरीले युनिट नै परिवर्तन गरेको हो ।

परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) होमेन्द्र बोगटीका अनुसार मातहतका कार्यालयहरुमा लामो समयदेखि एकैठाउँ बसिरहेका प्रहरीहरुलाई परिवर्तन गर्ने क्रम थालिएको छ ।

‘हामीले अहिले नागढुंगामा महानगरीय प्रहरी कार्यालय, रानीपोखरी, काठमाडौं प्रहरी परिसर, टेकु र विभिन्न वृत्तबाट कर्मचारीहरु पठाइसकेका छौं’, बोगटीले अनलाइनखबरसँग भने, ‘अब यो शुद्धिकरण अभियान जारी रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?