टेक्सस । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा हुने ७ औ दशैं कप प्रतियोगितामा यस वर्ष नेपालका पूर्व राष्ट्रिय खेलाडी सुनिल तुलाधरलाई सम्मान गरिने भएको छ । तुलाधर हाल न्यूयोर्कमा बसोबास गर्छन् ।
गत वर्ष छैठौ दशैं कप भकुण्डो प्रतियोगिता नेपालका पूर्वराष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मान गरिएको थियो l
अमेरिकाको टेक्सस राज्यको ड्यालसमा बिगत छ वर्षदेखि दशैं कप प्रतियोगिता सन्चालन हुँदै आएको छ । हरेक वर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्ने एक खेलाडीलाई सम्मान गर्दै आइरहेकाले यस वर्ष पनि चर्चित पूर्वराष्ट्रिय खेलाडी तुलाधरको नाम छनौटमा परेको हो ।
यस वर्ष ७ औ दशैं कप भकुण्डो प्रतियोगिता आगामी अक्टोबर १४ तारिख हुने भएको छ । प्रतियोगिताको आयोजक ड्यालस गोर्खाज फुटबल टिम रहेको छ । नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा दशैँ अगाडि प्रतियोगिता आयोजना गरिन्छ । यस पटक ३ वटा उमेरका श्रेणीमा खेल खेलाइने छ ।
युवा टोलीमा २ वटा समूह, वयस्क टोलीमा २० वटा समूह तथा ३५ वर्षभन्दा माथिको उमेरको टोलीमा ४ वटा समूहले भाग लिएका ड्यालस गोर्खाज फुटबल टोलीका प्रवन्धक बिनोद बिष्टले जानकारी दिए ।
गत वर्ष उक्त प्रतियोगितामा क्यर्लिफोर्नियाको सन्निभेल टोली बिजेता बनेको थियो । बिजयी हुने समूहलाई नगद तथा पुरस्कार समेत गरेर कुल ४ हजार ३०० डलरको व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4