+

जिम्बाब्वे ७८ रनमै अलआउट, दक्षिण अफ्रिका १२० रनले विजयी

२०७५ असोज  १८ गते १०:५६ २०७५ असोज १८ गते १०:५६
जिम्बाब्वे ७८ रनमै अलआउट, दक्षिण अफ्रिका १२० रनले विजयी

१८ असोज, काठमाडौं । जिम्बाब्वेमाथि दक्षिण अफ्रिकाले दोस्रो एक दिवसीय क्रिकेट खेलमा १२० रनको भारी अन्तरले विजयी भएको छ ।

१९९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको जिम्बाब्वेले दक्षिण अफ्रिकाविरुद्ध इतिहासकै खराब प्रदर्शन गर्यो । जिम्बाब्वेले २४ ओभरमा सबै विकेटको क्षतिमा ७८ रन मात्रै बनाउन सक्यो ।

जिम्बाब्वेका लागि कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । जिम्बाब्वेका कप्तान हामिल्टन मसाकाड्जाले २७ र डोनाल्ड तिरिपानोले अविजित १२ रन बनाए ।

जिम्बाब्वेलाई कम स्कोरमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका इम्रन ताहिरले ६ विकेट लिए । उनले ६ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर २४ रन खर्चिदै ६ विकेट लिएका हुन् । त्यस्तै, डेल स्टेयनले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४७.३ ओभरमा सबै विकेटको क्षतिमा १९८ रन मात्रै बनाउन सक्यो । दक्षिण अप्रिकाका लागि डेल स्टेयनले ६० रन बनाए ।

३ खेलको एक दिवसीय क्रिकेट सिरिजमा दक्षिण अफ्रिकाले २–० ले जितिसकेको छ । एक खेल खेल्नुअघि नै दक्षिण अफ्रिकाले सिरिज जितेको हो । अन्तिम खेल अब दक्षिण अफ्रिकाले जिम्बाब्वेसँग ६ तारिखमा प्रतिस्पर्धा गर्दैछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय