Comments Add Comment

टेष्ट डेब्यु खेलमै शतक बनाउने पृथ्वी को हुन् ?

१८ असोज, काठमाडौं । पाहुना टोली वेष्ट इन्डिजसँग बिहीबार पहिलो टेष्ट खेलमा प्रतिस्पर्धा गर्दै गर्दा घरेलु टोली भारतले एक जना नयाँ अनुहार मैदानमा उतार्‍यो । ती खेलाडी हुन्, पृथ्वी शाव ।

सौराष्ट्र क्रिकेट एशोसिएशन रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतका लोकेश राहुल र पृथ्वी मैदानमा आए । तर, भारतले पहिलो ओभरमै विकेट गुमाउँदै खराब सुरुवात गरेको थियो । पहिलो ओभरको अन्तिम बलमा लोकेश राहुललाई शून्य रनमै गुमाउँदा भारतको स्कोर ३ रन मात्रै थियो ।

पृथ्वीलाई साथ दिन तेस्रो नम्बरमा ब्याटिङ गर्न आए चेतेश्वर पुजारा । पृथ्वी पहिलो पटक सिनियर राष्ट्रिय टिममा परेका थिए भने उनको वेष्ट इन्डिजविरुद्ध टेष्ट खेलमा डेब्यु थियो ।

१८ वर्षीय पृथ्वीमाथि टोलीको ठूलो भरोसा भने थिएन तर उनको खेल हेर्न चाहन्थे कप्तान विराट कोहली र प्रशिक्षक रवि शास्त्री । प्रशिक्षक शास्त्री र कप्तान विराटले सोचेको भन्दा पनि राम्रो प्रदर्शन गरे पृथ्वीले ।

डेब्यु खेलमै शतकसहित १३४ रन बनाए भने उनले आफ्नो टिम भारतलाई कठिन परिस्थितिबाट उकासे पनि । उनले १५४ बलमा १९ चौकाको मद्दतमा १३४ रन बनाए ।

सानै उमेर भए पनि घरेलु प्रतियोगितामा सधै चम्किने पृथ्वीको यो शतकले निकै चर्चा पाएको छ । भारतले नयाँ उदीयमान खेलाडी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment