+
+
Shares

यी हिरोइनलाई किन लाग्यो १३ अरब जरिवाना ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १८ गते १६:३८

चीनमा एकजना अभिनेत्रीमाथि ८ सय ८३ मिलियन युआन अर्थात् झण्डै १३ अर्ब रुपैयाँ बराबरको जरिवाना लागेको छ ।

अभिनेत्री फेन बिंगबिंगमाथि यतिधेरै रकम जरिवाना सुनाइएको हो । करछली तथा अन्य विभिन्न आपराधिक घटनामा उनीमाथि अर्बौं रकमको जरिवाना लगाइएको हो ।

गत जुलाई महिनादेखि फरार रहेकी फेनले बुधबार सोसल मिडियामार्फत लम्बेतान माफीपत्र शेयर गरेकी छिन् । जसले सबैलाई अचम्ममा पारेको छ ।

फेन चीनमा सबैभन्दा धेरै कमाउने कलाकार मध्येमा पर्छिन् । समयमै जरिवाना रकम बुझाएको भएमा उनी आपराधिक मामिलाको दण्डबाट बच्ने थिइन् ।

३७ वर्षीया फेन हलिउड फिल्म एक्स म्यान तथा आइरन म्यान लगायतमा पनि अभिनय गरिसकेकी छिन् ।

सोसल साइटमार्फत माफी मागेपनि उनी अहिले कहाँ छिन् भन्ने बारेमा कुनै खुलासा भएको छैन । कतिपयले चाहीँ उनलाई नजरबन्दमा राखिएको हुनसक्ने अनुमान गरेका छन् ।

बुधबार फेनले चिनिया सोसल मिडिया साइट विवोमा आफ्ना लाखौँ प्रशंसकका लागि लेखेको माफी पत्रमा भनेकी छिन्, ‘म निकै पीडामा छु । मैले जे गरेँ त्यसका लागि लज्जित छु । सबैसँग माफी चाहन्छु ।’

आफूले कानूनको पालना गर्ने र आफुमाथि लागेको जरिवाना रकम तिर्ने उनले बताएकी छिन् ।

साथै उनले चिनिया सरकारको प्रसंसा गर्दै आफ्नो देश, चिनिया कम्युनिष्ट पार्टी र जनताको मायाविना आफ्नो कुनै अस्तित्व नहुने पनि उनले उल्लेख गरेकी छिन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?