+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

शिवम् सिमेन्टद्वारा ट्याक्सी चालकलाई ज्याकेट प्रदान

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १८ गते १७:४१

१८ असाेज, काठमाडाैं । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौको ट्याक्सी चालकहरुको लागि पहिलो चरणमा चालक ज्याकेट उपलव्ध गराएको छ ।

नेपाल सरकार तथा यातायात व्यवस्था विभागले ट्याक्सी चालकहरुलाई ट्याक्सी चलाउँदा ज्याकेट अनिवार्य गराएको थियो ।

उक्त कार्यलाई सहज बनाउने उद्देश्यले शिवम् सिमेन्टले पहिलो चरणमा अन्तर्गत ट्याक्सीलाई दशैंकाे शुभकामना दिँदै एभरेष्ट क्याव सर्भिसको संयोजकत्वमा विशेष कार्यक्रम आयोजना गरी ट्याक्सी चालकलार्इ ज्याकेट हस्तान्तरण गरेको थियो ।

उक्त कार्यक्रममा कालोपुल ५ का वडा अध्यक्ष रमेश डंगोल तथा कम्पनीका तर्फ बाट सिनियर ब्राड म्यानेजर केशव अर्यालले संयूक्त रुपमा ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गरे ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा पनि शिवम् सिमेन्टस् लिमिटेडले समय–समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, गाँउपालिका मार्फत विद्यालय संचालनमा सहयोग, स्वास्थ्य चौकी संचालनमा सहयोग, एम्बुलेन्स हस्तान्तरण, वातावरण व्यस्थापन एवम् वृक्षारोपण, सरसफाई जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?