Comments Add Comment

नेपालले युगान्डालाई हरायो

काठमाडौं । जर्जियामा जारी ४३औं चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीलेे युगान्डालाई ३-१ ले हराउँदै उपाधि होड कायम राखेको हो । बुधबार राति भएको नवौं चरणको खेल जितेपछि नेपालको १० अंक पुगेको छ ।

समूह डी मा रहेको नेपाल दोस्रो स्थानमा छ । समान १० अंक बनाएको दक्षिण कोरिया शिर्ष र श्रीलंका तेस्रो स्थानमा छन् । ३० देश सहभागी यस समूहमा बाँकी दुई खेलमा सफलता हात पारेका नेपालले पदक जित्नेछ ।

नवौं चरणमा रिजेन्द्र राजभण्डारीले युगान्डाका साड्र्राक कान्टीन्टीलाई हराए । अर्को बोर्डमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले प्याटिक काउमालाई र विवेक थिङले हारुना नसुबुगालाई हराए । हिमाल लामा अरथुर सेग्वानीसँग पराजित भएका थिए । दशौं चरणमा नेपालले बलियो चिलीसँग प्रतिस्पर्धा गर्नेछ । बरियतामा ४९ औं स्थानमा रहेको चिली नेपालका लागि कठिन प्रतिद्वन्द्वी हो । बरियतामा नेपाल एक सय १८औं स्थानमा छ ।

यसैगरी महिलातर्फ नवौं चरणको खेलमा नेपाले टि्रनिडाड एन्ड टोवागोसँग ३-१ पराजित भएको छ । नेपालकी सिन्दीरा जोशी र मोनालिसा खाम्बुले बराबरी खेलेका थिए । शुसिला गुरुङ र सुजना लोहनीले भने हार टार्न सकेनन् । दशौं चरणमा नेपालले घानासँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment