Comments Add Comment

रु १ करोडको एनसेल ‘रिचार्ज एण्ड विन’ अफर !

१८ असोज, जनकपुरधाम । एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा संचालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत चौथो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही रु एक लाख जित्ने ‘रिचार्ज एण्ड विन’ १० हप्तासम्म संचालनमा रहने अफर हो । भाद्र १७ गतेबाट शुरु भएको यस अफर अन्तर्गत चौथो हप्ताका विजेताहरु मंगलबार (असोज १६ गते) एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत छानिएका हुन् ।

चौथो हप्ताका भाग्यशाली पाँच विजेता ग्राहकहरुले बिहीबार (असोज १८ गते) जनही नगद रु एक लाख पुरस्कार ग्रहण गरेका छन् । तेस्रो हप्ताका एकसहित गरी यस हप्ताका घोषित कुल ११ जना विजेताहरु मध्ये छ जनाको पहिचान तथा प्रमाणित गर्ने काम भईरहेको छ ।

एनसेलका मानव संशाधन निर्देशक युवराज श्रीवास्तवले काठमाडौंमा आयोजित एक कार्यक्रम माझ चौथो हप्ताका पाँच विजयीहरु सुमित्रा डाङ्गी (सल्यान), राकेश साह (सर्लाही), शिव खत्री (झापा), दिनेश गमाल (मकवानपुर) र सुरज कुमार बरुवाल (मकवापुर) लाई जनही रु एक लाखको नगद पुरस्कार हस्तान्तरण गरेका हुन् ।

यसैहप्ता एनसेलले पहिलो हप्ताको नगद पुरस्कार लिन बाँकी दुई विजेताहरु रुकुमकी एलिना बुढा मगरलाई एनसेल सेन्टर दाङ्गबाट र कुश्माकी सिता देवी सुनुवारलाई एनसेल सेन्टर पोखराबाट नगद पुरस्कार हस्तान्तरण गरेको थियो ।

चौथोे हप्ता सम्ममा ४० जना भाग्यशाली विजेताहरुले जनही रु एक लाख जित्न सफल भएका छन् । यी मध्ये ३२ जनाले आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने अन्य ८ जना विजयीहरुलाई आवश्यक प्रक्रिया समापन भएलगत्तै काठमाडौं लगायत उपत्यका बाहिर अवस्थित एनसेल सेन्टरहरुबाट नगद पुरस्कार प्रदान गरिने एनसेलले बताएको छ । अफर अन्तर्गत बाँकी ६ हप्तामा थप ६० पुरस्कार विजेताहरु छानिनेछन् ।

‘रिचार्ज एण्ड विन’ अफरमा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन् । यस अन्र्तगत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही खुद रु एक लाख नगद पुरस्कार पाउँछन् । नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्दछ ।

यो योजना एनसेलले साप्ताहिक चक्रमा संचालन गरिरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ । ग्राहकले आइतबार देखि शनिबार सम्मको अवधिमा गरेको प्रत्येक रु १०० बराबरको रिचार्जका आधारमा एसएमएस मार्फत एउटा कोड प्राप्त गर्ने एनसेलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment