+
+
Shares

पार्टीभित्रको विवाद छोप्न कांग्रेसले सरकारबारे भ्रम छर्‍याेः मुख्यमन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १९ गते ११:५६

१९ असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीभित्रको अन्तरविरोध ढाक्न कांग्रेसले सरकारबारे भ्रम फैलाएको आरोप लगाएका छन् ।

नेकपाका प्रदेश ५ का इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पोखरेलले तीव्र विकासको अपेक्षा गरेका जनताका असन्तुष्टिहरु भित्र खेलेर कांग्रेस नेतृत्वले आन्तरिक विवादलाई सरकार विरोधी संघर्षमा डाइभर्ट गर्न खोजेको भन्दै आक्रोस व्यक्त गरे ।

‘नेपाली कांग्रेसले यतिबेला सरकारविरुद्ध भ्रम पैदा गराइरहेको छ’, शुक्रबार नेकपा प्रदेश कमिटीको पहिलो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘याे आफूभित्रको आन्तरिक विवादलाई सरकार विरोधी संघर्षमा डाइभर्ट गर्न चालिएको प्रपञ्चबाहेक केही होइन ।’

सरकारविरुद्ध छरिएको भ्रम अस्थिरता निम्त्याउने चाहनाबाट प्रेरित भएको आरोप मुख्यमन्त्री पोखरेलको छ ।

जनताले वर्तमान सरकारबाट तीव्र विकास चाहे पनि विधि र प्रक्रियाका कारण अपेक्षाअनुरुपको काम हुन नसकेको उनको भनाइ छ ।

फरक प्रसंगमा उनले पार्टी पंक्तिको विवाद व्यवस्थापनको सीमाभन्दा बाहिर नगएको र निकट भविष्यमै समाधान हुने विचार व्यक्त गरे । ‘पार्टी नेतृत्वमा केही विवादजस्तो देखिएको छ’, पोखरेलले भने, ‘यो सीमाभन्दा बाहिर नगएकाले छिट्टै समाधान हुन्छ ।’

नेकपा ५ नम्बर प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीले वाम गठवन्धन सरकारबाट जनताले धेरै अपेक्षा राखेको बताउँदै जनताले छिट्टै परिवर्तनको अनूभूति गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?