+

विराटको पनि शतक, भारत बलियो स्थितिमा

२०७५ असोज  १९ गते १३:१५ २०७५ असोज १९ गते १३:१५
विराटको पनि शतक, भारत बलियो स्थितिमा

१९ असोज, काठमाडौं । वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट क्रिकेट खेलमा भारतका कप्तान विराट कोहलीले पनि शतक प्रहार गरेका छन् ।

उनले २३० बलमा १० चौका प्रहार गर्दै १३९ रन बनाए । विराट कोहलीको यो २४ औं शतक हो । उनले टेष्ट क्रिकेटमा ६२८६ रन बनाउँदा १९ अर्धशतक पनि समावेश छ ।

भारतका कप्तान विराट कोहली र यही खेलबाट डेब्यु गरेका पृथ्वी शावले शतक बनाएसँगै भारत बलियो स्थितिमा पुगेको छ ।

यसअघि पहिलो दिनमै भारतको लागि पृथ्वीले शतकसहित १३४ रन बनाएका थिए । उनले १५४ बलमा १९ चौकाको मद्दतमा १३४ रन बनाए ।

सौराष्ट्र क्रिकेट एशोसिएशन रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले दोस्रो दिनको खेल चलिरहदा उच्च योगफल तयार पारेको छ । भारतले ६ विकेटको क्षतिमा ५४४ रन बनाएर खेलिरहेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय