+
+
Shares

चामल, तेल, दाल उद्योग संघको अध्यक्षमा गुप्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १९ गते १८:४१

१९ असोज, वीरगञ्ज । नेपाल चामल, तेल, दाल उद्योग सङ्घको अध्यक्षमा वीरगञ्जका उद्योगी सुवोध गुप्ता चुनिएका छन् ।

काठमाडौंमा शुक्रबार सम्पन्न सङ्घको ४२ औं वाषिर्क साधारणसभाले गुप्तालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा चुनिएका गुप्ता वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष र वीरगञ्जको मोहित ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक हुन् ।

संघको उपाध्यक्षमा राम थापा, द्वितीय उपाध्यक्ष नरेश राठी, महासचिवमा दीपककुमार पौडेल, उप-महासचिवमा धिरज गोल्छा, कोषाध्यक्षमा रतनलाल केडिया, सदस्यमा जगदीश अग्रवाल, मुक्ति अग्रवाल, दीपक सापकोटा, चिरञ्जीवी रिजाल, सुशान्त चाचान चयन भएका छन् ।

त्यसैगरी सङ्घको सल्लाहकारमा चन्द कृष्ण कर्माचार्य, कुमुदकुमार दुगड, सतिशकुमार बोहरा चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष गुप्ताले नेपाली जनताले नेपालकै दाल, तेल र चामल खान पुग्ने वातावरण बनाउन आफू सक्रिय हुने बताएका छन् । ‘अहिले नेपालमा दाल, तेल चामल उद्योगहरुको अवस्था जीर्णजस्तै छ, कतिपय व्यवसायीहरु त पलायन भएर गईसकेका छन्’ उनले भने ‘कतिपय कुरामा नितिगत अस्पष्टता छ, मुलुक खाद्यान्नमा आत्मनिर्भर हुन जरुरी छ, त्यसका लागि आवश्यक नीति निर्माणमा संघले दवाव दिन्छ ।’

नीतिगत कुराहरुमा सुधार गर्दै मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन संघले भूमिका निर्वाह गर्ने अध्यक्ष गुप्ताले बताए । नयाँ नेतृत्व चयनसँगै साधारणसभाले चामल, तेल, दाल व्यवसायीहरुको हितका लागि धान चामल बोर्ड गठन गर्नुपर्नेलगायत विभिन्न निर्णयहरु गरेको छ । साधरणसभाबाट पारित निर्णयहरु पूरा गर्न सरकारसँग उनीहरुले माग गरेका छन् ।

साधारणसभाले विदेशबाट आयातित चामल लगायत बस्तुको एमअरपी र गुणस्तर जाँच गर्ने प्रक्रिया कायम हुनुपर्ने, धान आयात गर्दा कृषि सुधार शुल्कमा छुट गरी १ प्रतिशत कायम हुनुपर्ने, स्वदेशी चामल उद्योग बचाउनका लागि चामलमा लाग्दै आएको कृषि सुधार शुल्क १५ प्रतिशत कायम गरिनुपर्ने, धान चामल बोर्ड गठन गरिनुपर्ने, पिनामा लाग्दै आएको निर्यात शुल्क हटाइनुपर्ने, स्वदेशी तेलको उत्पादन वृद्धि गर्नुपर्ने माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?