+

इंग्लिस प्रिमियर लिगमा युनाइटेडको संघर्षपूर्ण जित

२०७५ असोज  २१ गते ७:५९ २०७५ असोज २१ गते ७:५९
इंग्लिस प्रिमियर लिगमा युनाइटेडको संघर्षपूर्ण जित

२१ असोज, काठमाडौं । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासललाई पराजित गरेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा युनाइटेडले न्युक्यासलमाथि ३-२ गोलको संघषपूर्ण जित निकालेको हो ।

सुरुवाती समयमै २-० गोलको अप्रत्यासित तरिकाले पछि परेको युनाइटेडले दोस्रो हाफमा भने उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भयो ।

युनाइटेडको जितमा हुवान माटा, एन्थोनी मार्टियल र एलेक्सिस सान्चेजले गोल गरे भने न्युकासलका लागि केनेडी र योसिनोरी मुटोले गोल गरेका थिए ।

सातौं मिनेटमा नै केनेडीले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि अर्थात खेलको १०औं मिनेटमा नै न्युक्यासलका लागि मुटोले गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए ।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै न्युक्यासलले युनाइटेडमाथि २-० गोलको अग्रता बनाएको थियो ।

तर दोस्रो हाफमा भने युनाइटेडले उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ७०औं मिनेटमा माटाले गोल गर्दै युनाइटेडलाई २-१ गोलको स्थितिमा पुर्‍याएका थिए ।

त्यसको ६ मिनेटपछि मार्टियलले गोल गरेपछि युनाइटेडले न्युक्यासलसँग २-२ गोलको बराबरी बनाएको थियो । खेलको ९०औं मिनेटमा सान्चेजले गोल गर्दै युनाइटेडलाई ३-२ गोलको जित दिलाए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय