+
+

नेविसंघ विधानलगायत विषयमा छलफल गर्न कांग्रेस बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २१ गते ७:५७

२१ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीको संशोधित विधान, नेपाल विद्यार्थी संघको विधानलगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य समिति बैठक डाकेको हो ।

यसअघि गत असोज १९ गतेका लागि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मूल पार्टीको विधानसँगै नेविसंघको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो २ बजे बैठक बस्न लागेको जानकारी दिए ।

नेविसंघको विधान टुंगो नलाग्दा कात्तिकमा गर्ने भनिएको १२ औं महाधिवेशन नै अन्योलमा परेको छ ।

मूल पार्टी र नेविसंघको विधानसँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?