Comments Add Comment

कंगोमा तेल ट्यांकर दुर्घटनापछि आगलागी, ५० जनाको मृत्यु

२१ असोज, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा तेल ट्यांकर दुर्घटनापछि सल्केको आगो फैलिएर ५० जनाको ज्यान गएको छ ।

कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको त्यहाँका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

दुर्घटनामा दर्जनौ मानिस घाइते भएका र ठूलो धनराशी बराबरको भौतिक सम्पतिको क्षति भएको एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाले पुष्टि गरे ।

पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्याङ्कर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो ।

घटनास्थलमा घाइते व्यक्तिलाई उद्धार गरी नजिकैका अस्पतालमा पठाइसकिएको गभर्नर मतुबौनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment