+
+
Shares

कंगोमा तेल ट्यांकर दुर्घटनापछि आगलागी, ५० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २१ गते १०:०२

२१ असोज, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा तेल ट्यांकर दुर्घटनापछि सल्केको आगो फैलिएर ५० जनाको ज्यान गएको छ ।

कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको त्यहाँका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

दुर्घटनामा दर्जनौ मानिस घाइते भएका र ठूलो धनराशी बराबरको भौतिक सम्पतिको क्षति भएको एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाले पुष्टि गरे ।

पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्याङ्कर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो ।

घटनास्थलमा घाइते व्यक्तिलाई उद्धार गरी नजिकैका अस्पतालमा पठाइसकिएको गभर्नर मतुबौनाले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?