Comments Add Comment

कार्की र मल्लले जिते कार्ल्सबर्ग गल्फसिरिज २०१८

२१ असोज, काठमाडौं । कार्ल्सबर्ग गल्फसिरिज् २०१८ को अन्तिम लिग् अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको फाइनल सिरिज सम्पन्न भएको छ ।

३ वटा सिरिजमध्येको अन्तिम सिरिजको सुरुवात असोज २० गते भएको थियो । आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरीका उदयमान–गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका दिइएको थियो । यो सिरिज् ३/४ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको थियो ।

पवित्रकुमार कार्कीले ३०० अंक प्राप्त गरी आफ्नो लागि नेट सेक्सनमा पहिलो स्थान हासिल गर्न सफल भए भने पृथ्वी मल्लले ४ सय ९० अंकका साथ सिरिजका ग्रस च्याम्पियन बन्न सफल भए ।

गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले काल्र्सवर्ग गल्फ सिरिज सन् १९९० देखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको स्मरण गर्दै प्रतिभाशाली गल्फरहरुलाई प्रतीभा देखाउने अवसर प्रदान गर्दै आएको बताए । उनले प्रतियोगिता सफल बनाउन साथ दिएको भन्दै गोकर्ण फरेष्ट रिसोर्टलाई पनि धन्यवाद दिए ।

गोर्खा ब्रुअरीका बजार प्रबन्धक रोजन अमात्यले प्रतियोगिताबाट आफू उत्साहित भएको प्रतिक्रिया दिए ।

गोकर्ण फरेष्ट रिसोर्टका प्रमुख दीपक आचार्यल काल्र्सबर्ग गल्फसिरिज उदयमान गल्फरहरुका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च रहेको बताए ।

बिजेताहरुको नाम

नेटच्यम्पियनः पवित्रकुमार कार्की
ग्रस च्यम्पियनः पृथ्वी मल्ल
नेट विजेताः पवित्रकुमार कार्की
ग्रस उप–विजेताः पृथ्वी मल्ल
सिनियर विजेताः एलटी जेनरल केएनएस थापा
क्लोजेष्ट टू द पिनडाः निराजन शर्मा
मोष्ट बर्डिजः पृथ्वी मल्ल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment