Comments Add Comment

मोरिङ्गा पेयः अनेक रोगको ओखती

नेपालीमा सित्तलचिनी नामले चिनिने मोरिङ्गा ओलिफेरा, जुन अहिले पेयको रुपमा बजारमा आएको छ । यसलाई कतिले मोरिङ्गा टि भनेर चिनाइरहेका छन् । विक्री गरिरहेका छन् । यो चिया नै त होइन । यद्यपी चिया जस्तै पेय हो । पत्तालाई पानीमा भिजाएर सेवन गर्न सकिने पेय हो । यसको पाउडर पनि उपलब्ध छ, जसलाई पानीमा घोलेर पिउन सकिन्छ ।

के हो मोरिङ्गा पेय ?

नेपाल भारत लगायतका देशहरुमा पाइने एकप्रकारको ठूलो रुख हो यो । यसलाई ठाँउअनुसार विभिन्न अन्य नामहरुले पनि चिनिन्छ जस्तैः ड्रम स्टिक ट्रि, हर्सरेडिस ट्रि र बेन आयल ट्रि ।

विभिन्न प्रकारका भिटामिन र पोषक तत्वहरु प्रचुर मात्रामा पाइने भएकाले मोरिङ्गा ओलिफेरालाई ‘सुपरफुड’को नामले पनि चिनिन्छ । नेपालमा यस वनस्पतिलाई सित्तलचिनी र सोभान्जन नामले पनि चिनिन्छ ।

प्रचुर पोषक तत्व र विभिन्न औषधिय गुणको कारणले आयुर्वेदिक विज्ञानमा यसलाई हजारौं वर्ष अगाडिदेखि प्रयोग गर्दै आइएको पाइन्छ ।

हालैका वर्षहरुमा यो वनस्पति बारेमा धेरैले चासो व्यक्त गर्न थालेका छन् र यसको नियमित सेवन गर्ने मानिसहरु पनि बढेका छन् । तर, अहिलेसम्म वैज्ञानिकहरुले यो वनस्पतिको धेरै स्वास्थ्य फाइदाहरु मध्ये केहीको मात्रै अध्ययन गरेका छन् ।

यो रुखको पात, फल लगाएत प्राय सबै भागहरु सेवन गर्न मिल्छ । यसलाई परम्परागत आयुर्वेदिक उपचारमा औषधिको रुपमा प्रयोग गरिन्छ ।

पश्चिमा देशहरुमा यसको सुकाइएको पातलाई सप्लिमेन्टको रुपमा धुलो र क्याप्सुलको रुपमा बिक्रि गरिन्छ ।

यहाँ हामीले वैज्ञानिक अध्ययनबाट पुष्टि भैसकेका मोरिङ्गा ओलिफेराको ६ स्वास्थ्य फाइदाहरु प्रस्तुत गरेका छौं । नियमित रुपमा मोरिङ्गाको सेवनले यस्ता फाइदा पाइन्छन्ः

१. प्रचुर मात्रामा पोषक तत्व

विशेषगरि मोरिङ्गाको पात र फलको सेवन गर्ने गरिन्छ । मोरिङ्गाको पात धेरै भिटामिन र मिनरल्सको उत्कृष्ट स्रोत हो ।
यसको एक कप ताजा पात -२१ ग्राम)मा पाइने पोषकतत्वहरु यसप्रकार छन्ः

प्रोटिनः २ ग्राम
भिटामिन बी६ः १९ प्रतिशत आरडिए
भिटामिन सीः १२ प्रतिशत आरडिए
आइरनः ११ प्रतिशत आरडिए
रिबोफ्लेबिन बि२ः ११ प्रतिशत आरडिए
भिटामिन ए (बेटा क्यारोटिन) ९ प्रतिशत आरडिए
म्याग्नेसियमः ८ प्रतिशत आरडिए

पातसँग तुलना गर्दा फलमा अलि कम भिटामिन र मिनरल्सहरु हुन्छन् तर त्यसमा भिटामिन सी भने प्रसस्त पाइन्छ । एक कम ताजा काटिएको फल -१०० ग्राम)मा दैनिक चाहिने भिटामीन सीको १५७ प्रतिशत पाइन्छ ।

विकासशील राष्ट्रमा मानिसहरुको आहारमा भिटामिन, मिनरल्स र प्रोटिनको कमी हुन्छ । यी देशहरुमा मोरिङ्गा ओलीफेरा धेरै अत्यावश्यक पोषक तत्वको लागि महत्वपूर्ण स्रोत हुन सक्छ ।

तर, मोरिङ्गा ओलिफेराको एक बेफाइदा पनि छ । मोरिङ्गाको पातमा उच्च स्तरमा एन्टिन्युटि्रएन्ट्स पनि हुन्छ जसले हाम्रो शरीरको खानाबाट खनिज र प्रोटिन सोस्ने क्षमतालाई कम गर्छ ।

त्यस्तै सोच्नुपर्ने अर्को कुरा पनि छ त्यो हो मोरिङ्गा ओलिफेराको सम्पिमेन्ट्स क्याप्सुलमा धेरै पोषण पाँइदैन ।

२. मोरिङ्गामा भरपुर एन्टिअक्सिडेन्ट पाइन्छ

एन्टिअक्सिडेन्ट त्यस्ता तत्वहरु हुन् जसले शरीरमा भएका फ्रि रेडिकलको विरुद्धमा काम गर्छ ।

उच्च स्तरको फ्रि रेडिकल्सले अक्सिडेटिभ स्ट्रेस उत्पन्न गराउँछ जुन मुटुरोग र टाइप २ डायबिटिज जस्ता घातक रोगहरुसँग जोडिएको हुन्छ । विभिन्न एन्टिअक्सिडेन्ट प्लान्ट तत्वहरु मोरिङ्गा ओलिफेरामा पाइन्छ ।

भिटामीन सी र बेटा क्यारोटिनमात्रै होइन यसमा क्वेरसेटिन, क्लोरोजेनिक एसिड पनि पाइन्छ ।

महिलाहरुमा गरिएको एक अध्ययनका अनुसार तीन महिनासम्म दैनिक १.५ चम्चा मोरिङ्गाको धुलो सेवन गरेमा रगतमा एन्टिअक्सिडेन्ट लेभल बढ्छ ।

मोरिङ्गाको पातलाई फुड पि्रजरभेटिभको रुपमा पनि प्रयोग गरिन्छ । यसले अक्सिडेसन घटाएर मासु धेरै दिन सम्म ताजा राख्छ ।

३. मोरिङ्गाले ब्लड सुगर लेभल घटाउँछ

रगतमा सुगरको स्तर बढ्नुलाई गम्भिर स्वास्थ्य समस्याको रुपमा लिइन्छ । यो डायबिटिजको प्रमुख कारण हो । त्यस्तै रगतमा सुगरको स्तर बढेमा मुटुरोग लगायत अन्य विभिन्न गम्भिर स्वास्थ्य समस्याहरु निम्तिन सक्छ । त्यसैले हामीले आफ्नो रगतमा सुगरको स्तर स्वस्थ अनुपातमा कायम गर्नुपर्छ ।

विभिन्न अध्ययनहरुका अनुसार मोरिङ्गा ओलिफेराले रगतमा सुगरको स्तरलाई कम गर्छ । वैज्ञानिकहरुले यो प्रभाव मोरिङ्गामा पाइने इस्थियोसाइनेट्स नामको तत्वको कारणले हुने बताउँछन् ।

४. मोरिङ्गाले सुन्निन कम गर्छ

कुनै चोट वा संक्रमणको कारण हाम्रो शरीर सुन्निने गर्छ । खासमा सुन्निनु भनेको एक शरीरको अत्यावश्यक सुरक्षण संयन्त्र हो तर लामो समयसम्म सुन्निरहृयो भने यो एक गम्भिर स्वास्थ्य मुद्दा बन्छ ।

धेरै लामो समयसम्म शरीर सुन्निएमा विभिन्न घातक

रोगहरु लाग्ने सम्भावना हुन्छ । विभिन्न फलफूल, सागसब्जीहरु र मसलाहरुमा एन्टी इन्फ्लामेटरी प्रोपर्टी हुन्छ ।

त्यस्तै मोरिङ्गाको पात, फलमा पाइने इस्थियोसाइनेट्समा जीउ सुन्निएको निको पार्ने तत्व अझै बढी हुन्छ ।

५. मोरिङ्गाले कोलेस्टेरोल कम गर्छ

कोलेस्टेरोल उच्च भएमा मुटुरोगको जोखिम बढि हुन्छ । विभिन्न किसिमका सागसब्जीको सेवनले कोलेस्टेरोल कम गर्छ । त्यसैगरि मोरिङ्गा ओलिफेराको नियमित सेवनले पनि कोलेस्टेरोल कम गर्छ ।

६. मोरिङ्गा ओलीफेराले आर्सेनिकबाट बचाँउछ

खाना र पानीमा आर्सेनिकको संक्रमण विश्वका विभिन्न भागहरुमा ठूलो समस्याको रुपमा रहेको छ । विभिन्न किसिमका चामलमा उच्च स्तरमा आर्सेनिक पाइन्छ ।

लामो सयमसम्म उच्च स्तरको आर्सेनिकसँग सम्पर्कको कारण मानिसमा विभिन्न स्वास्थ्य समस्याहरु देखापर्छ ।

मुसामा गरिएको एक अध्ययनबाट मोरिङ्गाको गेडाले आर्सेनिकको विषाक्त प्रभावलाई कम गर्ने कुरा पत्ता लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment