Comments Add Comment

द्वन्द्वको नाममा भएका सबै अपराधमा छुट हुँदैन : ओली

२१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वका नाममा भएका सबै अपराधमा छुट नहुने बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार शुभशंकर कँडेलद्वारा लिखित अवतरण पुस्तकको सार्वजनिक गर्दै उनले द्वन्द्वका नाममा भएका मानवताविरुद्धको अपराध जसले गरे पनि उम्कन नदिइने बताएका हुन् ।

‘द्वन्द्वका नाममा गरिएका सबै अपराधमा छुट हुँदैन । मानवताका विरुद्धका अपराध जसले गरेको भए पनि दोषीलाई उम्कन दिदैनौं’ उनले भने ।

शान्ति प्रक्रिया टुंगिएर नयाँ युगमा प्रवेश गरे पनि शान्ति प्रक्रियाका केही अवशेषहरु बाँकी रहेको भन्दै ओलीले त्यसलाई पनि मौलिक ढंगले टुंग्याउने बताए । ‘शान्ति प्रक्रियाका केही अवशेष बाकी छन् । ती टुंगोमा पुर्‍याउछौं, अब धेरै चिन्ता लिनुपर्दैन । यसलाई अनुपयुक्त ढंगले होइन, पीडितले न्याय नपाउने गरी होइन । मौलिक ढंगले टुंग्याउछौं’ उनले भने ।

प्रधानमन्त्री ओलीले संघीयता नेपालको नयाँ अभ्यास भएकाले सिक्दै र गल्ती भए सच्याउदै जाने बताएका छन् । ‘संघीयता नयाँ चीज हो ।

कतिपय समस्याहरु आउँछन् । कर्मचारी व्यवस्थापन गर्नुपर्ने हुन्छ । कतिपय ठाउँमा थप्नुपर्ने र कतिपय ठाउँमा हटाउनुपर्ने हुनसक्छ’, प्रधानमन्त्रीले भने, ‘हिजो सरकारको रुपमा मात्रै स्थानीय तह थिए । अहिले आफै व्यवस्थापकीय अधिकारको प्रयोग गरिरहेका छन् । लोकतन्त्र भनेको सिक्दै र सच्याउदै जाने कुरा हो ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले सात महिनाको अवधीमा देशको अर्थतन्त्रलाई माथि उठाउने कार्य गरेको दाबी गरे । ‘देशको अर्थतन्त्रलाई निकै असहज अवस्थामा पुर्‍याइएको थियो’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले त्यो अवस्थाबाट तङ्िग्रने अवस्थामा पुगेको छ ।’

उनले भ्रष्टाचार नियन्त्रण पनि आफ्नो प्राथमिकतामा रहेको दोहोर्‍याए । ‘मैले भनेको भन्यै छु, भ्रटाचार गर्दिन र गर्न दिन्न । कसैले थाहै नपाए गरे समय लाग्ला, थाहा पाए ठीक हुन्न’ उनले भने, ‘हामीले जादु देखाउन खोजेको पनि होइन । विकास गर्न खोजेका हौं । यसमा प्रतिवद्ध छौं ।’

सरकार तत्काल देखाउनका लागि नभइ दिगो रुपमा नेपाललाई समृद्ध बनाउने गरी अगाडि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment