Comments Add Comment

सर्टिफिकेट सिरानी हाल्नुपर्ने बाध्यता अन्त्य गर्छौंः मन्त्री बराल

२२ असोज, गुल्मी । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले ठूला कलेजमा पढेर पनि सर्टिफिकेटको सिरानी हालेर सुत्नपर्ने बाध्यता अन्त्य गर्ने बताएका छन् ।

सोमबार गुल्मीको ईश्मा गाउँपालिका-२ को पालुखा माध्यमिक विद्यालयलाई कक्षा ११ र १२ सञ्चालनका लागि आयोजित धार्मिक तथा शैक्षिक महोत्सवको उद्घाटन गर्दै मन्त्री बरालले सर्टिफिकेट भएर पनि केही नभएको मान्छे जस्तो निरिह भएर हिडनुपर्ने बाध्यता अन्त्य गर्ने बताए ।

उनले २१ औ शताब्दीमा विश्वको युगमा संसारको जुनसुकै कुनामा उपस्थित भएर प्रतिस्पर्धा गर्न सक्ने योग्य युवा उत्पादन गर्न सरकार लागि परेको बताए । ‘त्यसको निम्ति गाउँमा प्राबिधक शिक्षा आवश्यक रहेको छ,’ मन्त्री बरालले भने, ‘वर्तमान समय प्रबिधिमय भएकाले र गाउँघरमै बसी घरकै उत्पादन खाएर प्राबिधिक शिक्षा हासिल गर्ने गरी प्रदेश सरकार लागि परेको छ ।’

मुलुकको साधारण शिक्षा सँगसैगै प्राबिधिक शिक्षा अहिलेको आवश्यकता भएकाले गाउँघरमै कृषि जेटिए लगायतका प्राबिधिक शिक्षालाई बिस्तार गरी वर्तमानयको आवश्यता रहेको बताए ।

गाउँकै विद्यालयहरुलाई विज्ञान प्रयोगशाला,कम्प्युटर प्रयोगशालाहरुलाई मध्यनजर राख्दै प्रबिधिसँग जुध्ने गरी अबको शिक्षा आबश्यकता भएकाले मन्त्री बरालको भनाइ छ । मन्त्री बरालले प्राबिधिक शिक्षा मार्फत देशमा विद्यमान बेरोजगारलाई अन्त्य गर्न सक्ने आधार भएको बताए ।

उनले अहिले गाउँदेखि शहरसम्म सुबिधा सम्पन्न प्रबिधिको माध्यमले नै जोड्न सकिने भएकाले त्यसको पनि गृहकार्य मन्त्रालयले गरिरहेको बताए । ‘गाउँ र शहरलाई जोडने माध्यम भनेकै प्रबिधि हो,’ मन्त्री बरालले भने, ‘यसलाई मन्त्रालयले गम्भीरताका साथ लिएको र गाउँमा प्राबिधिक शिक्षालय स्थापना गर्नका लागि मन्त्रालयले भरपुर सहयोग गर्नेछ ।’

शैक्षिक तथा धार्मिक महोत्सबाट उठेको रकमलाई सहि सदुपयोग गरि प्राबिधिक शिक्षा स्थापना गर्न जोड दिए ।

उनले स्थानीय सरकारसंगको सहकार्यलाई जोड दिई प्राबिधिक शिक्षा लिनका लागि युवा युवतीहरुलाई शहर जान बाध्य हुने अबस्थाको अन्तय गर्न मन्त्री बरालले सुल्झाए ।

सोमबारबाट सुरु भएको शैक्षिक तथा धार्मिक महोत्सव असोज ३० गतेसम्म सञ्चालन हुने महोत्सव मुल आयोजक समितिका संयोजक टिकाबहादुर रेश्मीले बताए ।

महोत्सवको पहिलो दिन बिभिन्न विद्यालयका बिद्यार्थीहरु समूहहरुले कलश यात्रासहित बिभिन्न कार्यक्रमहरु राखेका थिए ।

महायज्ञ सञ्चालन गर्नको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबं ईस्मा गाउँपालिका २ का वडा अध्यक्ष टिकाबहादुर रेश्मीको संयोजकत्वमा ३ सय ५१ सदस्यीय मुल आयोजक समिति सदस्य गठन गरिएको थियो ।

महायज्ञलाई प्रभावकारी बनाएर सम्पन्न गर्नको लागि भन्दै २३ वटा उपसमितिसमेत गठन गिरएको अयोजकले जनाएको छ ।

९ दिनसम्म पालुखा माबिको छल्दीमा सञ्चालन हुँने महायज्ञमा बाल योगेश्वर महाराज कथा प्रवचन गर्ने विद्यालयले जनाएको छ ।

महोत्सवबाट उठेको रकमबाट विद्यालयले आगामी वर्षदेखि कक्षा ११ को पठनपाठनसमेत सुरु गर्ने लक्ष्य लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment