+
+

सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २२ गते १९:२८

२२ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

संविधान संशोधन प्रक्रिया अगाडि बढाउने र मधेस थरुहट आन्दोलनसँग सम्बन्धी मुद्दा समाधान गर्ने प्रतिवद्धता जनाएपछि सरकारलाई सर्मथन गरेको थियो । तर, प्रतिवद्धता पुरा नभएको भन्दै समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै राजपा शीर्ष नेताहरूले आफूसँग भएको सहमति सरकारको प्राथमिकतामा नपरेको गुनासो गरेका छन् । ‘सरकार गठन भएको ७ महिना बितिसक्दा पनि यहाँको तर्फबाट अहम सवालहरुमा हालसम्म कुनै पहल नहुनु दुर्भाग्यपूर्ण हो’ प्रधानमन्त्रीलार्इ बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।

आन्दोलनका क्रममा लगाइएको मुद्दा फिर्ता लिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई सपथ ग्रहण गराउनुपर्ने, संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्ने राजपाको माग छ ।

नभए समर्थन फिर्ता लिने उसको चेतावनी छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?