Comments Add Comment

विश्व उमा कुङ्फुमा कमल र मुन्नीले जिते स्वर्ण

२२ असोज, काठमाडौं । बेलायतको ओरचेस्टरमा सम्पन्न विश्व उमा कुङ्फु च्याम्पियनसिप- २०१८ मा नेपाली खेलाडी कमल मगर र मुन्नी लामा तामाङले स्वर्ण जितेका छन् ।

तीन स्पर्धामा सहभागी कमलले पुरुष नाइन स्टिकमा स्वर्ण जितेको नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी दिएका छन् । कमलले मोङकी बक्सिङमा थप एक रजत पनि हात पारे । किक बक्सिङमा भने कमल पदकविहीन बने ।

त्यस्तै मुन्नीले ताइची स्पर्धामा नेपाललाई स्वर्ण दिलाइन् । मुन्नीले गत अगष्ट-सेप्टेम्बरमा जर्मनीमा भएको १२ औं विश्व मार्सल आर्ट च्याम्पियनसिपमा पनि कास्य जितेकी थिइन् ।

प्रतियोगिता अक्टोबर ५ तारिखदेखि सुरु भएको थियो । प्रतियोगितामा विभिन्न २१ राष्ट्रका १ हजार ५ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष तामाङले जानकारी गराएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने अफिसियल र उमा कुङफु संघका केन्द्रीय सदस्य अशोक केसी व्यवस्थापकका रुपमा टोलीसँगै बेलायतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment