काठमाडौं । चेल्सीको नयाँ सम्झौता गर्न अस्वीकार गरेका स्ट्राइकर इडेन हजार्डले रियल मड्रिडबाट खेल्ने आफ्नो बाल्यकालकै सपना भएको बताएका छन् ।
बेल्जियमका फवार्ड हजार्डको चेल्सीसँगको सम्झौता अझै २ वर्ष बाँकी छ । तर युरोपियन च्याम्पियन मड्रिडले आगामी ट्रन्सफरमा भित्र्याउन चाहेको छ ।
प्रिमियर लिगमा यो सिजन ७ गोल गरिसकेका हजार्डले भने, ‘रियल मड्रिड उत्कृष्ट क्लब हो । म लुकाउँदिन कि यो (मड्रिडबाट खेल्ने) मेरो बाल्यकालकै सपना हो ।’
आफूले चेल्सीसँग नयाँ सम्झौता नगरेको भन्दै उनले भविश्यबारे छिट्टै निर्णय लिने बताए ।
हजार्डले भनेका छन्, ‘म त्यो चाहन्छु, जुन मेरो लागि राम्रो हुन्छ । तर, क्लबलाई पनि राम्रो होस् भन्न चाहन्छु किनभने क्लबले मलाई सबथोक दिएको छ ।’
प्रतिक्रिया 4