Comments Add Comment

‘छक्का पन्जा ३’लाई मल्टिप्लेक्समा उच्च शो, बुकिङ आक्रामक

घटस्थापना अर्थात असोज २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’लाई नेपालभरका मल्टिप्लेक्समा उच्च शो मिलेको छ । काठमाण्डौमा सबैभन्दा बढी चेन भएको ‘क्यूएफएक्स’ले मात्र यसलाई ३० शो दिएको छ । काठमाण्डौ बाहिर पनि चलचित्रले उच्च शो पाएको छ ।

क्यूएफएक्सले आफ्ना देशभरका ८ वटा स्टेशनमा ५५ शो यो चलचित्रलाई दिएको छ । चलचित्रले शो मात्र उच्च पाएको छैन, बुकिङ पनि आक्रामक छ । क्यूएफएक्स चेनका लबिल मल, सिभिल मलमा यो चलचित्रले पाएको १५ शो नै भरिने क्रममा रहेका छन् । चलचित्रको बुकिङ आक्रामक हुने पक्का छ ।

चलचित्रको बुकिङ उच्च भएको खण्डमा, यसले अहिलेसम्मकै आक्रामक ओपनिङ गर्नेछ । चलचित्रलाई एफक्यूबले ११ शो, क्यूजले ११ शो, बीग मुभिजले १० शो दिएको छ । देशभरबाट करिब ११० शो बुकिङका लागि खुल्ला गरिएको छ । घटस्थापनाको बिदामा चलचित्रको ओपनिङलाई लिएर अहिले अड्कलबाजी सुरु भएको छ । चलचित्रले ठूला भनिएका हिन्दी चलचित्रले पाउने शो मल्टिप्लेक्समा पाएको छ ।

दिपाश्री निरौला निर्देशित यो चलचित्रमा दिपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, बुद्दि तामाङ लगायतका कलाकारको यो चलचित्रमा अभिनय छ । चलचित्रको वर्ड अफ माउथ राम्रो भएको खण्डमा यो चलचित्रले धेरै रेकर्डहरु राख्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment