Comments Add Comment

अघोरीका लेखकले भने– म काँठे हुँ !

२३ असोज, काठमाडौं । आख्यानकार राजेन्द्र पराजुलीको कथा संग्रह ‘अघोरी’ माथि आइतबार राजधानीमा अन्तरक्रिया आयोजना गरियो । छलफलमा सहभागी साहित्यकार र लेखकले पुस्तकमाथि आ–आफ्ना धारणा राखे ।

लेखक नयनराज पाण्डेले भने, ‘वर्तमानमा जे भइरहेको छ, हामीले त्यही लेख्ने हो । राजेन्द्रजी र म साथी पनि हौं । हामी दुवैका कतिपय कथामा उस्तै भावना, उस्तै हेराइ पाउँछु ।’

साहित्यकार अर्चना थापाले ‘अघोरी’का धेरैवटा कथा पत्रकारिताको हेराइबाट आएजस्तो लाग्ने टिप्पणी गरिन् । लेखक थापाले भनिन्, ‘कतिपय कथाले मलाई निकै तान्यो, तर कतिपयमा चाहिं इन्डिङ ट्रिकी भएन जस्तो लाग्यो ।’

छलफलका सञ्चालन लेखक एवम् पत्रकार यज्ञशले गरेका थिए । उनले र अन्य सहभागीले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा कथाकार पराजुलीले आफूलाई जे कुराले छोयो, त्यही लेखेको बताए ।

‘म काँठको कथा लेख्छु, किनभने म काँठे हुँ । पत्रकारिताको कुरा लेख्छु, किनभने म पत्रकार पनि हुँ । मैले जे देखें, त्यो लेखें,’ उनले भने, ‘कसरी लेखें, किन लेखें, त्यसबारे बताइरहन मलाई त्यति रुची लाग्दैन । कथा आफैंले उत्तर दिन सकोस् भन्ने लाग्छ ।’

किताब पब्लिसर्सद्वारा प्रकाशित ‘अघोरी’ कथाकार पराजुलीको सातौं कृति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment