Comments Add Comment

नाना पाटेकरले गरे दुई मिनेटको पत्रकार सम्मेलन

नायिका तनुश्री दत्ताको गम्भीर आरोप खेपिरहेका बलिउड अभिनेता नाना पाटेकरले सोमबार आफ्नै घरमा पत्रकार सम्मेलन आयोजना गरे । उनीबाट नयाँ र विस्तृत कुरा निस्कने आशामा ठूलो संख्यामा पत्रकार जम्मा भए । तर, नानाले सबैलाई निराश बनाए ।

मिडियालाई सम्वोधन गर्दै मुश्किलले दुई मिनेट आफ्ना कुरा राखेर नानाले । उनले भने, ‘मेरो कुरा १० वर्षअगाडि जे थियो अहिले पनि त्यही छ । मलाई मेरो वकिलले धेरै कुरा नगर्नु भनेको छ । त्यसैले माफी चाहन्छु ।’

यत्ति भन्दै उनी उठे । लगत्तै सञ्चारकर्मीहरुले उनीमाथि प्रश्नको वर्षा गरे । तर, नानाले कुनै प्रश्नको जवाफ दिएनन् । पत्रकारको भिडलाई पन्छाउँदै उनी सुई सुई हिँडे ।

हिँड्दै गर्दा उनले भने, ‘म कुनै पनि च्यानललाई अहिले अन्तरवार्ता दिन्न । जब समय आउँछ, सबैसँग खुलेर बोल्नेछु । अहिले मलाई कर नगर्नुस ।’

तनुश्रीले एउटा फिल्मको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै आएकी छिन् । यो घटना १० वर्ष अगाडिको हो । यो विवादले अहिले भारतीय मिडियामा उच्च स्थान पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment