Comments Add Comment

सोल्टी वेस्टण्ड प्रिमियरले पायो ‘बेस्ट डेब्यु ग्रिन होटल अवार्ड’

२३ असोज, काठमाडौं । पाँचतारे होटल सोल्टीले नेपालगंजमा हालै सञ्चालनमा ल्याएको होटल सोल्टी वेस्टण्ड प्रिमियरले ‘बेस्ट डेब्यु गि्रन होटल अवार्ड’ प्राप्त गरेको छ ।

भारतको नयाँ दिल्लीमा भएको १४औं ‘हस्पिटालिटी इण्डिया एण्ड एक्स्प्लोर द वल्र्ड एनुवल इन्टरनेशनल ट्राभल अवार्ड’ मा सोल्टीले ‘बेस्ट डेब्यु गि्रन होटल अवार्ड’ प्राप्त गरेको हो ।

अशोक होटल दिल्लीमा अक्टोबर ५ मा आयोजित समारोहका बीच सोल्टी वेस्टण्ड प्रिमियरका अध्यक्ष दिनेशबहादुर विष्टले उक्त अवार्ड ग्रहण गरेका थिए । समारोहमा नेपाल पर्यटन बोर्डका अध्यक्ष दीपकराज जोशीको समेत उपस्थिती रहेको थियो ।

नेपालमा रहेको सोल्टी वेस्टण्ड प्रिमियरलाई पर्यावरणमैत्री तरिकाले डिजाइन गरिएको छ । अमेरिकाको गि्रन बिल्डिङ काउन्सिलले होटललाई नेपालको पहिलो ‘लिडरशीप इन इनर्जी एण्ड इन्भारोमेन्टल डिजाइन’ -लिड) शिल्भर क्याटेगोरी होटलका रुपमा प्रमाणित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment