Comments Add Comment

टी-२० विश्वकप छनोट : ६ रनको लक्ष्य २ विकेट गुमाएर जित

२३ असोज, काठमाडौं । अहिले टी-२० विश्वकपका लागि एशिया छनोट ‘बी’ को खेल मलेसियामा चलिरहेको छ । नेपालले एकपछि अर्को लगातार चार खेलमा जित हात पारेको छ ।

कहिले मलेसियालाई ८ विकेटले हरायो, कहिले भुटानलाई ११७ रनले हरायो भन्ने खबर आउँछ । तर, जितमा खुसी मान्नेहरु भन्दा प्रश्न गर्नेहरु धेरै छन् । नेपालको ब्याटिङ र फास्ट बलिङप्रति धेेरै क्रिकेट समर्थक खुसी छैनन् ।

किन त ? यसका लागि मंगलबार भएको मलेसिया र थाइल्याण्डको एउटा खेल हरौं ।

टस हारेर ब्याटिङको निम्तो पाएको म्यानमारले ८ विकेट गुमाएर ९ रन बनायो । ११ औं ओभरको खेल चलिरहँदा पानी परेपछि बाँकी खेल हुन सकेन । म्यानमारका ६ जना ब्याट्सम्यान शुन्यमै आउट भए । को अङले ३ रन बनाए, लिन अङले दुई र लिन ओले एक रन बनाए ।

वर्षा रोकिएपछि खेल सुरु हुँदा मलेसियाले डीएल मेथडका आधारमा जितका लागि ८ ओभरमा ६ रनको लक्ष्य पायो । रमाइलो त के छ भने ६ रन पहिलो बलमा नै हान्ने चक्करमा मलेसियन ब्याट्सम्यानले लक्ष्य भेट्टाउन दुई विकेट गुमाए ।

म्यानमारका पेङ दानुले मलेसियाका अन्वर अरुदिन र सफिक सरिफलाई बोल्ड आउट गरेका थिए । मलेसियाले दुई विकेट गुमाएर १.४ ओभरमा क्ष्य पूरा गर्‍यो ।

हो, ट्वान्टी-२० विश्वकप खेलिसकेको र एकदिवसीय मान्यता प्राप्त नेपालले अहिले प्रतिस्पर्धा गरिरहेका देशहरु यही स्तरका हुन् । तर, यति कमजोर देशविरुद्ध खेल्दा पनि नेपालका ब्याट्सम्यान र फास्ट बलर चलेका छैनन् ।

नेपालविरुद्ध म्यानमारले २९ रन बनाएको थियो । ३० रनको लक्ष्य नेपालले दुई विकेट जाँदा भेट्टाएको थियो ।

मलेसियाले नेपाललाई १०० रन हानेको थियो । १०१ रनको लक्ष्य नेपालले दुई विकेट नै गुमाएर पूरा गर्‍यो । थाइल्याण्डविरुद्ध नेपालले १७२ रन बनाएको थियो । १७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १८ रन मात्रै बनाउन सकेको थियो ।

मंगलबार नै नेपालले भुटानलाई मात्र ३३ रनमा नै अल आउट बनाएको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको नेपाललेे २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो ।

अब नेपालले सिंगापुर र चीनसँग खेल्न बाँकी छ । त्यसैले यो प्रतियोगिता नेपालका लागि अभ्यास खेल भन्दा पनि कम स्तरको छ भन्दा फरक पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment