+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

बाराको जगदम्बा स्टिल उद्योगमा विस्फोट, ५ मजदुर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते ११:०५

२४ असोज, वीरगञ्ज । बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा विस्फोट हुँदा ५ जना भारतीय मजदुर घाइते भएका छन् ।

कवाडी समान भट्टीमा हालेर पगाल्ने क्रममा अचानक पड्केको फलामको टुक्राले लागेर उनीहरु घाइते भएको ईलाका प्रहरी कार्यालय, सिमराका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए ।

घाइते हुनेमा सितामणी बिहारका २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षकै सन्दीप कुमार, २० वर्षीय पञ्कजकुमार र मोतीहारी घर भएका ३५ वर्षीय विनायक सिंह घाइते छन् ।

घाइतेमध्ये कमलेश, नरेश, सन्दीप र पञ्कज कुमारको अवस्था गम्भीर छ । उनीहरुको अहिले वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?