Comments Add Comment

खसी किन्दै हुनुहुन्छ ? यसरी गर्नुहोस् सही छनौट

घोर्ले खसी नभित्र्याएसम्म दशैंको रौनक चढ्दैन । दशैंको विशेष खान्की नै पक्कु भएपछि खसी नभित्र्याए भो त ?

त्यसैले त दशैंको बजेट तय गर्दा त्यसमा खसी पनि सामेल गरिन्छ । उपभोक्ताको माग बढ्ने भएपछि खसीको बजार बढ्ने नै भयो । अहिले शहरका चोक-चोकमा खसीको मेला लागेको छ ।

खसीको अनेक जात हुन्छ । जात अनुसार त्यसको मासुको स्वाद पनि फरक पर्छ । त्यसैले भुक्तभोगीहरु उपयुक्त जात एवं नश्ल पनि हेर्ने गर्छन् । तर, खसीबारे खासै जानकारी नभएकाहरु बजारमा उपलब्ध खसी अन्धधुन्ध खरिद गर्छन् । कतिसम्म भने, कुन खसी राम्रो वा स्वस्थ्य कुन रोगी भन्ने समेत उनीहरु खुट्याउन सक्दैनन् ।

त्यसैले स्वस्थ्य र सही उमेर एवं तौलका खसी छनौटका लागि केही कुरामा हेक्का राख्नुपर्छ ।

यस्तो खसी उपयुक्त

– कतिलाई खसी रोज्नमै द्विविधा हुने गर्छ । यद्यपी खसी छनौटमा सजकता भने अपनाउँदा राम्रो हुन्छ । खसी छनोट गर्दा सकेसम्म धेरै मोटो र ठुलो भुँडी भाको रोज्नु हुँदैन । आफुले छनौट गरेको खसी छिप्पएको नहोस् भन्ने कुरामा पनि सचेत हुनुपर्छ ।

– पहाडी, लेकाली खसी या च्याग्राको छनौट गर्नु राम्रो हुन्छ । किनभने त्यस्ता खसी च्यांग्राले शुद्ध घाँस खाएर हुर्किएका हुन्छन् । त्यति धेरै तौल भएको खसी पनि किन्नु हुँदैन ।

– दसैं आउनुभन्दा लामो समय पहिले नै खसी किनेर घरमा राख्ने गल्ती पनि गर्नु हुँदैन । किनकी बथानमा बसीरहेको खसी एक्लो हुँदा आत्तिएर तौल घट्ने सम्भावना अत्याधिक हुन्छ ।

-शहरमा बस्नुहुन्छ भने गाउँबाट खसी मगाएको राम्रो । किनकी यस्ता खसीमा स्वस्थकर प्रोटिन, बोसो, बिटामिन र खनिजको मात्रा प्रशस्त हुन्छ ।

– खानका लागि खसी छनौट गर्दा घटिमा ६ देखि १५ महिना अवधिको लिनु राम्रो हुन्छ ।

मासु भण्डारण गर्दा

– दसैंमा काटेको खसीको मासुलाई सुरक्षित तरिकाले लामो समय राख्नका लागि सकेसम्म चिसो ठाउमा भन्डारण गर्नुपर्छ । मासुको स-साना पिस बनाएर डिप पि|mजमा रख्नु निकै राम्रो हुन्छ ।

किनभने डिप फिर्जको तापक्रमले मासुलाई कुनै असर गर्दैन बरु मासुमा भएका बिसादी या किटाणुलाईसमेत नास गर्ने काम गर्छ ।
-पि|mज या डिपि|mज नभएको खन्डमा मासुलाई राम्ररी पकाएर खुल्ला हावामा सुकाउनु उपयुक्त मानिन्छ ।

– आफुअनुकुलको खसी नभेटाएको खण्डमा पाउनु भएन भने माछा या शाकाहारी परिकारसाग दशैँ मनाउँदा उत्तम हुन्छ ।

परिकार तयार पार्दा

– खसीका नेपाली परीकारहरु तयार गर्दा सामान्य तया नेपाली तोरिको तेल र नेपाली मसलाहरुको प्रयोग गर्दा स्कस्थकर हुन्छ ।

– खसीको मासुलाई स्वादिस्ट बनाउनु छ भने अदुवा लसुनको लेदो,प्याज,गोल्भेडा,ताजा धनीयाको पत्ता घरमा कहिले नटुटाउनुस् ।

– भारतीय रुपामा खसीको परिकारहरु तयार गर्दा गरम मसला, दही, काजु-बदामको पेस्ट, आमुल चिज, बटर, टोमटो पिउरी, रोगन मसला, मिट मसलाहरु र देशी घिउ प्रयोग गर्दा राम्रो हुन्छ ।

– दसैँ मसलामा सम्पूर्ण गरम मसलाहरु -मरिच, अलाइची, ल्वाङ, तेजपात, सुक्मेल, जैफल, दालचिनी), जिरा धनीया, टिमुरको धुलो, खुर्सानीको धुलो, मिट मसला, बेसारलगायतका सामाग्री पहिलेनै तयार गरेर राख्दा राम्रो हुन्छ ।

-कुनै परीकार बनाउन सहज भएन भने गुगल या यु ट्युबको सहायता पनि लिन पनि सक्नुहुन्छ । यसले धेरै राहत प्रदान गर्छ ।
– अल्सर, बाथ, कलेजोका विरामी, मधुमेह, युरिक एसिड, मिर्गौला, मुटुको समस्या भएका दिर्घ रोगीले भने खसीको मासु सेवन गर्दा विशेष सचेतता अपनाउन जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment