२४ असोज, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीको गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् ।
चाडपर्व सुरु भएसँगै भारतबाट रोजगारी गरी नेपालीहरु दशै मनाउन घर आउने क्रम बढेसँगै सीमा नाकामा बर्षेनी नेपालीले व्यहोर्नु परेको सास्तीका बारेमा बुझ्न मुख्यमन्त्री भट्ट गौरीफन्टा सीमानाका पुगेका हुन ।
धनगढीको गौरीफटा नाकाबाट मात्रै दैनिक हजारौ नेपालीहरु दशै मनाउँन घर आइरहेका छन् ।
भारतका दुःख कष्ट गरी कमाएर ल्याएको केहि रकम सिमानामा लुटिने क्रम यो वर्ष भने कहि कतै सुन्नमा आएको छैन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पहिलेका वर्ष भन्दा यस वर्ष सीमा नाकामा नेपालीहरुलाई केही सहज भएको बताए ।
उनले धनगढीसंगै प्रदेशको अर्काे नाका गडाचौकी र टीकापुरमा यस बर्ष सहज भएको जानकारी दिए ।
मुख्यमन्त्री भट्टले नेपाल र्फकदै गरेका केही नेपालीहरुसंग समेत कुराकानी गरेका थिए । कुराकानीका क्रममा कोहीपनि नेपालीले लुटिएको अथवा ठगिएको बारे कुनै गुनासो गरेरनन् । अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष धेरै सजिलो भएको प्रतिकि्रया दिएका छन् ।
सिमानाको अनुगमनामा कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, प्रहरी प्रमुख विनोद घिमीरे र ससस्त्र प्रहरीका डि.एस.पी विष्णु प्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4