Comments Add Comment

फ्रेन्ड्सलार्इ हराउँदै थ्रीस्टारको सुखद सुरुवात

२५ असोज, काठमाडौं । थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टार क्लबले फ्रेन्ड्स क्लबलाई २-१ गोलले पराजित गर्दै ३ अंक जोडेको हो । थ्री स्टारको जितमा रञ्जन विष्ट र बुद्ध चेम्जोङले गोल गरे । यता, फ्रेन्डस् क्लबका लागि विकास लामाले गोल फर्काएका थिए ।

पहिलो हाफमा फ्रेन्ड्स क्लबविरुद्ध १-० गोलले अग्रता बनाएको थ्री स्टारले दोस्रो हाफमा थप १ गोल गर्दा एक गोल खाएको थियो ।

खेलको १७ औं मिनेटमा रञ्जन विष्टले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । उनले आफ्नो एकल प्रयासमा प|mेन्ड्स क्लबका किपरलाई विट गर्दै गोल गर्न सफल भए ।

खेलको ५९ औं मिनेटमा करिब ३० यार्ड टाढाबाट फ्रेन्ड्स क्लबका सरोज योञ्जन लामाले प्रहार गरेको फ्रिकिक गोलकिपर एलेन न्यौपानेले बल नियन्त्रण गर्न सकेनन् । तर थ्रीस्टारका डिफेन्डरले बचाएपछि फ्रेन्ड्स क्लब बराबरी बनाउनबाट चुकेको थियो ।

खेलको ८३ औं मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै २-० थ्री स्टारलाई दोब्बर अग्रता दिलाएका थिए । त्यस्तै, अतिरिक्त समयमा फ्रेन्डस् क्लबका विकास लामाले गोल गर्दै फ्रेन्ड्स क्लबलाई खेलमा फर्किने संकते दिएपनि हारबाट जोगाउन भने सकेनन् ।

त्यस्तै, आजै दिउँसो ३ बजे जाउलाखेल युथ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि हिजो भएको खेलमा च्यासल युथ क्लबले मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

टिमको प्रदर्शनमा म पूरै सन्तुष्ट छु- थ्रीस्टार प्रशिक्षक

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आफ्नो पहिलो खेलमै जित हात पारेको थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले आफ्नो टिमले राम्रो प्रर्दशन गरेको बताए ।

पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै प्रशिक्षक मेघराजले आफ्नो टिमले योजनाअनुसार नै खेल खेलेको बताए । उनले भने, ‘टिमको प्रदर्शनमा म पूरै सन्तुष्ट छु । लामो समयपछि सुरु भएको लिगमा कुन टिम कस्तो छ भनेर छुट्याउन कठिन भयो । फ्रेन्ड्स क्लबका खेलाडी जुनियर भए पनि उनीहरुले उत्कृष्ट प्रदर्शन गरे ।’

हारपछि पनि निराश नदेखिएका फ्रेन्ड्स क्लबका प्रशिक्षक रमेश महर्जन आफ्नो टिमको प्रदर्शनमा सन्तुष्ट छन् । बलियो मानिएको थ्रीस्टार क्लबसँग २-१ गोलअन्तरले पराजित हुनु स्वभाविक भएको स्वीकार्छन् ।

उनले भने, ‘यो ए डिभिजन लिगमा खेल्ने मेरो टिमका सबै खेलाडी नयाँ छन् । अनुभव विहिन भएर पनि टिमले राम्रो प्रदर्शन गर्‍यो । हाम्रो योजना बराबरीमा रोक्ने थियो । तर खेलाडीमा आत्मविश्वासको कमी देखिएको छ ।’

बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टार क्लबले फ्रेन्ड्स क्लबलाई २-१ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो । थ्री स्टारको जितमा रञ्जन विष्ट र बुद्ध चेम्जोङले गोल गरे । यता, फेन्डस् क्लबका लागि विकास लामाले गोल फर्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment