Comments Add Comment

प्रहरी दिवस : अमर प्रहरी परिवारको आँखामा आँशु

२५ असोज, काठमाडौं । नेपाल प्रहरीले बिहीबार ६३ औं प्रहरी दिवस मनाएको छ । दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम गरियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, पूर्वगृहमन्त्रीहरु, सुरक्षा निकायका प्रमुख लगायत उच्च सरकारी अधिकारीहरु सहभागी थिए ।

दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा रहेको अमर प्रहरी स्मारकमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख अतिथिका तर्फबाट मन्तव्य राखे । त्यसपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले धन्यवाद मन्तव्य राखे । तर, गृहमन्त्री रामबहादुर थापा बादलले भने प्रहरी दिवसमा औपचारिक सम्वोधन गरेनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीले शान्ति सुरक्षा स्थापनामा खेलिरहेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे । २०१२ सालमा मुक्ति सेनाबाट नेपाल प्रहरी जन्मिएको भन्दै प्रधानमन्त्री ओलीले नागरिकसँग प्रहरीको सम्बन्ध राम्रो हुनुपर्ने बताए ।

हरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि अपराधको अनुसन्धान गर्ने एकमात्र विज्ञहरुको समूह नेपाल प्रहरी नै भएको बताए । अपराधको अनुसन्धानमा कति समय लाग्छ भने तोक्न नसकिने आइजीपी खनालले बताए ।

हेर्नुहोस् प्रहरी दिवसका तस्वीरहरु : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment