+
+
Shares

रियल टाइममै खाता खोल्न मिल्ने गरी थप ४ शाखारहित बैंकिङ सेवा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २५ गते २०:५६

२५ असोज, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले तनहुँ र खोटाङ्गमा ४ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्गको रुपाकोट मझुवागढि नगरपालिका, खोटाङ्गको हलेसी तुबचुङ्ग नगरपालिका (च्यास्मीटार), खोटाङ्गकै हलेसी तुबचुङ्ग नगरपालिका (धितुङ्ग) मा थप ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ३३ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूतmानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२१ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?