Comments Add Comment

नाटकीय रुपमा अष्ट्रेलियाले टार्‍यो हार

काठमाडौं । उस्मान ख्वाजा र टिम पेनले पहिलो टेष्टमा अष्ट्रेलियाको हार टारेका छन् । पाकिस्तानको जित नजिक देखिएको टेष्ट नाटकीय रुपमा ड्र भएको हो ।

४२६ रनको लक्ष्य पाएको अष्ट्रेलियाले ३ विकेटको क्षतिमा बनाएको १३६ रनबाट पाँचौं दिनको खेल थालेको थियो । व्यक्तिगत ५० रनबाट अघि खेल्न थालेका ख्वाजाले डिफेन्सिभ क्रिकेटको नमुना प्रस्तुत गर्दै दुई दिनमा ३०२ बलको सामना गरे ।

१२५.३ ओभरमा छैटौं विकेटका रुपमा आउट भएका उनले १४१ रन बनाए ।

कप्तान टिम पेनले ६१ रनको नटआउट पारी खेलेपछि अष्ट्रेलिया ट्रष्ट ड्र गर्न सफल भयो । १३९.५ ओभरमा ८ विकेट गुमाएर ३६२ रन बनाएपछि ड्र को घोषणा भयो ।
यो ओभरका आधारमा अष्ट्रेलियाले अहिलेसम्म खेलेको सबैभन्दा लामो चौथो इनिङ पनि हो ।

पहिलो पारीमा ४८२ रन बनाएको पाकिस्तानले अष्ट्रेलियालाई २०२ रनमा समेटेको थियो । उसले दोस्रो पारीमा ६ विकेटको क्षतिमा १८१ रन बनाउँन पारी घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment