Comments Add Comment

मालिंगामाथि लाग्यो बलात्कारको आरोप

काठमाडौं । सामाजिक सञ्जालमा सुरु भएको #Metoo अभियानको आगोको लप्का बलिउडबाट खेल दुनियाँमा प्रवेश गरेको छ । श्रीलंकाका पूर्वकप्तान एवं मन्त्री अर्जुन रणतुंगापछि अब लासिथ मालिंगामाथि मिटूको आरोप लागेको छ ।

भारतीय प्लेब्याक सिंगर चिनमयी श्रीपदाले श्रीलंकाली बलर मालिंगामाथि आरोप लगाएकी हुन् । यद्यपि यो विषय श्रीपदासँग जोडिएको छैन । उनले एक अपरिचित युवतीबारे बताएकी हुन् ।

उनले लेखेकी छन्, ‘म गुमनाम रहन चाहन्छु । केही वर्ष पहिले आईपीएलका दौरान मुम्बईको एक होटलमा आफ्नो साथीलाई खोजिरहेको थिएँ । त्यसबेला म आश्चर्यमा परेँ, जब मालिंगाले मेरो साथी उनको कोठामा छ भने । म त्यहाँ गएँ तर, उनी थिइनन् । मालिंगाले मलाई बलपूर्वक विछ्यौनामा लडाए, ममाथि आए । मैले आफूलाई छुटाउने कोहिश गरे तर, सफल भइनँ ।’

उनले अघि लेखेकी छन्, ‘ममाथि जबरजस्ती भइरहेको थियो । त्यही बेला डोरबेल बज्यो र होटलका स्टाफ कुनै कामले आएका थिए । मैले मौकाको फाइदा उठाएँ र वासरुममा गएँ । आफ्नो अनुहार धोएँ र कोठाबाट भागेँ । मलाई थाहा छ कि उनी चर्चित छन् र म आफैं उनीसामू गरेको थिएँ भन्छन् ।’

यो आरोपबारे मालिंगाले कुनै प्रतिक्रिया दिएका छैनन् । तर, श्रीपदाको ट्वीट भाइरल भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment