+

स्टार खेलाडीविना अर्जेन्टिनाले इराकलाई ४-०ले हरायो

२०७५ असोज  २६ गते ८:३६ २०७५ असोज २६ गते ८:३६
स्टार खेलाडीविना अर्जेन्टिनाले इराकलाई ४-०ले हरायो
 २६ असोज, काठमाडौं । लियोनल मेसी, सर्जियो अग्युरो, गोन्जालो हेगुइन जस्ता स्टार खेलाडी विना मैदान उत्रिएकोे अर्जेन्टिनाले इराकविरुद्ध शानदार जित निकालेको छ ।

बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इराकलाई ४-० ले हराएको हो ।

अर्जेन्टिनालाई २१ वर्षीय लाउतारो मार्टिनेजले शुरुआती अग्रता दिलाएका थिए । राष्ट्रिय टिमका लागि उनको यो पहिलो गोल हो । थप गोल पाउलो डिबाला, जर्मन पजेला र फ्रान्को सेर्भीले गरे । इराकविरुद्ध अर्जेन्टिनाका अधिकांश युवा खेलाडीहरु मैदान उत्रिएका थिए ।

 

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय