Comments Add Comment

सुनकोशीमा बस खस्यो, एकको मृत्यु, ४ गम्भीर

२६ असोज, काठमाडौं । सिन्धुलीको मुलकोटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ द ९१२ नम्बरको बस सुनकोशी नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार दुर्घटनामा अन्य ३ जना घाइतेको पनि उद्दार गरिएको छ ।

बसमा अन्य पनि सवार रहेको हुन सक्ने आशंकामा खोजी र उद्दार कार्य जारी छ । गम्भीर घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

दुर्घटना के कारणले भयो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको एसपी यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment