Comments Add Comment

प्रतिवेदन बुझाउनु अघि कञ्चनपुर पुगे एअार्इजी बस्न्यात

१६ असोज, कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरी अनुसन्धानमा देखिएको लापरबाही छानबिन गर्न गठित समितिका संयोजक प्रहरी अतिक्ति महानिरीक्षक (एअार्इजी) धिरु बस्न्त्यात कञ्चनपुर पुगेका छन् ।

समितिले प्रतिवेदन बुझाउनुअघि एक पटक स्थलगत अध्ययनका लागि उनी कञ्चनपुर पुगेका हुन् ।

कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानमा प्रहरीकै लापरबाही देखिएको भन्दै चौतर्फी विरोध भएपछि प्रहरीले बस्न्यातको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समिति गठन हुँदा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रहेका बस्न्त्यातपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment