Comments Add Comment

खानालाई अझै स्वादिष्ट बनाउन कसरी बनाउने ? अपनाउनुहोस् यी टिप्स

दशैंको रौनक हाम्रो भान्सासम्म भित्रिसकेको छ । यतिबेला भान्समा थरीथरीका परिकार पाक्न थालेका छन् । टाढा भएका परिवारका सदस्यहरु घर फर्किएका छन् । पारिवारिक जमघटमा मिठो-मसिनो खान नै पर्‍यो । त्यो पनि दशैंको अवसरमा ।

आगन्तुकलाई मिठो ख्वाउन हामीलाई पनि जाँगर चल्छ । बर्षदिनमा एक पटक जुर्ने यो अवसरलाई किन उम्कन दिने ? थरीथरीका खानेकुरा बनाउने । खाने । रमाइलो गर्ने ।

तर, मिठो खानेकुरा कसरी बनाउने ? अक्सर हामी एउटै ढंगको खानेकुरा तयार गर्छौं, जसले स्वादमा खासै विविधता थप्दैन । एकनासे खानेकुराले हामीलाई दिक्क लगाउँछ । त्यसो भए के गर्ने त ?

खानेकुरा स्वादिलो बनाउने काइदा

जो कोहिलाई आफूले बनाएको खानेकुराको तारिफ सबैले गरुन भन्ने हुन्छ । भनिन्छ-कसैको मनमा बस्नु छ भने उनीहरुलाई आफ्नो हातले बनाएको स्वादिष्ट खाना खुवाउनुहोस् ।

आजभोली दशैंमा मासुमात्रै धेरै खाने बानीमा विस्तारै परिवर्तन हुँदैछ र मानिसहरुले माछामासु मात्रै होइन अन्य परिकारहरु पनि बनाएर खान थालेका छन् ।

तपाईंलाई पनि यसपालीको दशैंमा घरमा आएका पाहुनाहरुलाई माछामाछु मात्रै होइन अन्य परिकार पनि मिठो बनाएर खुवाउने मन छ तर, धेरै कोसिस गर्दा पनि आफूले चाहेको जस्तो स्वादिलो परिकार बनाउन सक्नुभएको छैन भने चिन्ता गर्नु जरुरी छैन ।

धेरै उपाय लगाउँदा पनि आफूले पकाएका परिकारको स्वाद रेष्टुरेन्टको जस्तो स्वाद नआउँदा तपाईंलाई चिन्ता हुन सक्छ । तर, आज हामी तपाईंलाई केही ससाना टिप्सहरु बताउन गइरहेका छौं जसले तपाईंले बनाउने खानाको स्वाद बढाउन मद्धत गर्छ ।

१. पुरीलाई कुरकुरे र स्वादिष्ट बनाउनको लागि आँटा मुछ्दा त्यसमा १-२ पिँडालु उसिनेर मिच्नुहोस् तर आँटामा पिँडालु पूर्णरुपमा मिचियोस् भन्नेमा ध्यान दिनुहोस् ।

२. ग्रेभीयुक्त तरकारीलाई स्वादिष्ट बनाउनको लागि प्याज, लसुन, अदुवा पेस्ता र दुई चार दाना भुटेको बदामको पिसलाई तरकारीमा राखेर भुट्नुहोस् यस्तो गर्नाले तरकारी स्वादिष्ट हुन्छ ।

३. तरकारी बनाउँदा डढ्यो भने त्यसमा २ चम्चा दही मिसाउनुहोस् । यस्तो गर्नाले तरकारीमा डढेको स्वाद आँउदैन ।

४. रोटीलाई कि्रस्पी बनाउनको लागि मैदा मुछ्दा पानीको सट्टामा दहीले मुछ्नुहोस् वा त्यसमा थोरै तातो घिउ पनि मिसाइदिनुहोस् । तर, ध्यान दिनुहोस् दही अमिलो हुनुहुन्न ।

५. सब्जीहरुलाई उसिन्दा त्यसमा थोरै नुन राख्नुहोस् । यस्तो गर्नाले स्वादिलो हुनाको साथै देख्नमा पनि राम्रो देखिन्छ ।

६. यदि कागती वा निम्बुको अचार बिग्रन लाग्यो भने त्यमा भिनेगर राखिदिनुहोस अचार फेरि ताजा हुन्छ ।

७. कुनै पनि चीजलाई तेल वा घिउमा तार्नुभन्दा पहिले त्यसमा भिनेगरको केही थोपा राखिदिनुहोस् यसले परिकारको स्वाद बढ्छ र रंग पनि राम्रो आँउछ ।

८. सलाद सर्भ गर्नुभन्दा पहिले त्यसमा थोरै नुन राख्नुहोस् यसले सलाद अमिलो हुँदैन ।

९. गुलाबजामुनको रंग र स्वाद अझै बढाउनको लागि त्यसमा थोरै पनिर मिसाउनुहोस् । यसरी गुलावजामुन बनाउनाले त्यसको स्वाद पनि बढ्छ र रंग पनि राम्रो आँउछ ।

१०. दहीवडा बनाउँदा पिसेको दालमा थोरै दही मिसाएर राम्रोसँग फिट्नुहोस् । यो मिक्सचरसँग बनेको दहीवडा धेरै स्वादिलो र नरम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment